
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
बागलुङ । गाउँघरमा कामको माचो छ । पर्वको याममा किसान भने बेफुर्सदिला छन् । जेठ–असारमा लगाएको बाली भित्रयाउने चटारो छ । कोही खेतमा धान काटिरहेका देखिन्छन्, कोही बारीमा कोदो । कतिले त धान भित्राएर गहुँ छरिसकेका छन् । वर्षाले साथ दिएपछि यो वर्ष चाँडै रोपाइँ भएको थियो । अधिकांश किसानले तीनबाली हुने खेतको धान त दशैँ अगावै भित्राइसकेका थिए । ती खेतमा छिटो पाक्ने धान लगाइन्छ । दुई बालीको खेतमा भने अलि ढिलो गरी धान पाक्छ ।
धान भित्राइ सक्दानसक्दै बारीमा कोदो पनि पाकेको गलकोट नगरपालिका–७ मल्मका किसान तुलाराम खड्काले बताउनुभयो । दशैँको भोलिपल्टैबाट खेताला लगाएर कोदो काट्न शुरु गरेको उहाँको भनाइ छ । यसपालि चाडबाड पछि सरेकाले कामको मेसो पनि सँगसँगै पर्न गएको किसान बताउँछन् । गलकोट नगरपालिका, कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले गलकोटमा झण्डै १५ प्रतिशत मात्र धान काट्न बाँकी रहेको बताउनुभयो । “यहाँ रोपाइँ पनि छिट्टै हुन्छ र कटान पनि”, उहाँले भन्नुभयो, “धान भित्राएका किसान गहुँ र्छनमा व्यस्त छन् ।”
कालो पोके रोगले धानबालीमा केही असर पु¥याएपनि मौसम अनुकूल परेकाले उत्पादनमा ठूलो ह्रास नआएको प्रमुख सुवेदीको भनाइ छ । किसानले स्थानीय जातको सट्टा वर्णशङ्कर धान लगाउन थालेपछि दोब्बर बढी उत्पादन दिन थालेको उहाँले बताउनुभयो । गलकोटको मजुवा जिल्लामै धेरै धान फल्ने फाँट हो । गलकोटसहित कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायतका भेगमा चाँडै रोपाइँ हुने भएकाले बाली पनि छिटै पाक्छ । अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिकालगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ, धान पनि पछि पाक्छ । जिल्लाको कुल ६ हजार १ सय २२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यहाँ प्रतिहेक्टर तीन मेट्रिक टन धान उत्पादन हुन्छ ।
उन्नत र वर्णसङ्कर जातको धान खेती विस्तार हुँदै गएको छ । बढी फल्ने भएपछि किसान स्थानीय रैथाने जात छाडेर वर्णसङ्करतिर आकर्षित हुन थालेका छन् । किसानले खेती प्रणालीलाई विस्तारै परिवर्तन गर्दै लगेका छन् ।
खेतबारी जोत्न ‘मिनिटिलर’ हलो प्रयोग गर्ने बढेका छन् । खेतको धान, पराल बोक्न पनि ट्याक्टरको प्रयोग हुन थालेको छ । किसानले गोरु पाल्न छाडेको प्रमुख सुवेदीले बताउनुभयो । रोपाइँदेखि, गहुँ, मकै, कोदोलगायतका बाली लगाउँदा पनि ‘मिनिटिलर’ हलोकै प्रयोग हुन थालेको उहाँको भनाइ छ ।
आधुनिक प्रविधिले पम्परागत खेती प्रणालीमा ठूलो परिवर्तन ल्याएको छ । खेती लगाउँदा लागत कम लाग्ने, झण्झट नहुने, श्रम र समयको पनि बचत हुने भएकाले किसान उन्नत प्रविधितर्फ आकर्षित भएका हुन् । गाउँघरमा खेताला, कामदार पनि पाइन छाडेका बेला आधुनिक औजार, उपकरणले किसानलाई राहत मिलेको छ । ‘मिनिटिलर’ हलोको माग बढेपछि केही किसानले आफ्नै लगानीमा हलो किनेर कृषिको यान्त्रीकरणमा टेवा पु¥याइरहेका छन् । रासस
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर