• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तर्राष्ट्रिय

    बम विस्फोट हुँदा अफगानिस्तानमा पाँचको मृत्यु, नौ घाइते 

    काबुल । बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा पाँचको मृत्यु भएको छ ।

    सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन् ।

    अफगानिस्तानको मैदान वार्डाक प्रान्त अन्तर्गत पर्ने जर्लेज जिल्लामा घटना भएको प्रान्तीय सरकारले पुष्टि गरेको छ ।

    “सडक छेउमा भएको बम विस्फोटनको घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएको प्रान्तीय सरकारका अधिकारीहरुले जनाएका छन्,” टोलोन्युजले लेखेको छ । (रासस/एएनआई)