
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २८ साउन । पोखरा महानगरपालिका र दक्षिण कोरियाको युङजिन विश्वविद्यालयबीच प्राविधिक शिक्षाका लागि छात्रवृत्ति र सहकार्यसम्बन्धी सम्झौता भएको छ। पोखरा महानगरका मेयर धनराज आचार्य र विश्वविद्यालयका प्रोफेसर चोइ जेइयोङले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।
यो सम्झौताले पोखराका विद्यार्थीलाई प्राविधिक शिक्षा, पर्यटन र प्रविधिका क्षेत्रमा अन्तर्राष्ट्रिय अवसर प्रदान गर्नेछ। यसले शिक्षा, संस्कृति र प्राविधिक सहयोगमार्फत दुई देशबीचको सम्बन्ध बलियो बनाउनेछ। सम्झौता अनुसार, विद्यार्थी र अध्येताहरूका लागि शैक्षिक कार्यक्रम, भ्रमण, भर्चुअल कक्षा, संयुक्त अनुसन्धान र नवीन परियोजनाहरूमा सहकार्य हुनेछ।
मेयर आचार्यले यो सम्झौताले कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई पढाइ, सामाजिक सुरक्षा र रोजगारीमा सहयोग पुग्ने बताउनुभयो। पोखरा महानगरले यसका लागि आवश्यक सहजीकरण गर्ने उहाँको भनाइ छ।
युङजिन विश्वविद्यालयका प्रोफेसर चोइले पोखराको शैक्षिक विकासका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो। विशेषगरी प्राविधिक शिक्षा र मानव संसाधन विकासमा पोखरासँग मिलेर काम गर्न इच्छुक रहेको उहाँले उल्लेख गर्नुभयो। यसअघि पनि कोरियाली सरकार र संस्थाहरूको सहयोगमा पोखरामा विभिन्न परियोजना सञ्चालन भएका छन्।