
१डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
२पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
३विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
४सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
५ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
६विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
पोखरा, २७ असार । गण्डकी प्रदेश सरकारले सगरमाथा, कञ्चनजंघा र अन्नपूर्ण जस्ता विश्वका अग्ला हिमालहरू सफलतापूर्वक आरोहण गर्ने प्रदेशका ६ जना साहसी पर्वतारोहीलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेको छ ।
उद्योग तथा पर्यटन मन्त्रालयद्वारा शुक्रबार पोखरामा आयोजित विशेष समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरूलाई जनही ४५ हजार रुपैयाँसहित सम्मान गरे । नेपालका हिमशिखरमा राष्ट्रिय झण्डा फहराएर देश र प्रदेशको प्रतिष्ठा उँचो बनाएको भन्दै प्रदेश सरकारले यी आरोहीहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा पर्वतको कुश्मा नगरपालिका–९ का किरणबहादुर पिसी, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का किशोर अधिकारी, पर्वतको विहादी गाउँपालिका–४ का देवीप्रसाद न्यौपाने, तनहुँको ऋषिङ गाउँपालिका–२ का अमित थापा, तनहुँकै घिरिङ गाउँपालिका–५ का नवराज राना र गोरखाको चुमनुव्री गाउँपालिका–१ का नाङ्सल छ्योटोन लामा रहेका छन् । यी आरोहीहरूले विभिन्न वर्षमा सगरमाथा, कञ्चनजंघा, अन्नपूर्ण प्रथम, मनास्लु र ल्होत्से जस्ता ८ हजार मिटरभन्दा अग्ला हिमालहरू चढिसकेका छन् । उनीहरू मध्ये अधिकांश नेपाली सेना र भारतीय सेनामा कार्यरत छन् ।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यो कार्यक्रम केवल औपचारिकता नभई साहस, समर्पण, अनुशासन र राष्ट्रिय गौरवको सम्मान भएको बताए । उनले नेपाललाई विश्वभर चिनाउने मुख्य पहिचान सगरमाथा रहेको उल्लेख गर्दै गण्डकी प्रदेशका अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, धौलागिरि, नीलगिरि जस्ता हिमशृङ्खलाहरूले हाम्रो सभ्यता, संस्कृति, आस्था र जीवनको आधार बनाएको बताए । मुख्यमन्त्रीले हिमालयलाई हजारौं वर्षदेखि ऋषि–मुनिहरूको तपोभूमिका रूपमा स्वीकार गरिएको स्मरण गर्दै प्रदेश सरकारले हिमाललाई केवल पर्वतारोहणको गन्तव्यका रूपमा मात्र नभई आध्यात्मिक पर्यटन, योग तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बनाउने नीति अख्तियार गरेको जानकारी दिए ।
उनले जलवायु परिवर्तनले हिमालमा पारेको प्रभावप्रति सरकार गम्भीर रहेको बताउँदै पर्वतारोहणलाई अझ सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन निरन्तर प्रयास भइरहेको र आरोहीहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको बताए ।
यो सम्मानले नेपालको साहसिक पर्यटन क्षेत्रको सम्भावनालाई थप उजागर गरेको छ । नेपाल विश्वकै सर्वोच्च हिमाल सगरमाथासहित आठ वटा आठ हजार मिटरका हिमाल भएको देश हो भने गण्डकी प्रदेशमा मात्र विश्वप्रसिद्ध हिमशृङ्खलाहरू छन् । यी हिमालहरूले साहसिक पर्यटन, ट्रेकिङ, हिमाली पर्यटन र आध्यात्मिक पर्यटनको अपार अवसर प्रदान गर्छन् । यसले पर्यटकको बसाइ लम्ब्याउने, स्थानीय समुदायको आयआर्जन बढाउने र युवाहरूलाई प्रेरणा दिन सक्छ ।
उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले सम्मानित आरोहीहरूको सफलताले हजारौं युवालाई नयाँ सपना देखाउने बताउँदै पर्यटकीय राजधानी पोखरामा पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने सरकारको प्रयास रहेको बताइन् ।
नेपालको हिमाली सम्पदालाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्न राज्यले अन्तर्राष्ट्रिय क्याम्पेन सञ्चालन गर्नुका साथै सुरक्षित पूर्वाधार विकास, दिगो पर्यटन नीति, आरोही प्रशिक्षण केन्द्रहरूको स्थापना र पर्यावरण संरक्षणमा विशेष ध्यान दिन सक्छ । यसले नेपाललाई विश्वको प्रमुख साहसिक पर्यटन गन्तव्य बनाउन मद्दत पुग्नेछ ।