
१देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
३फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
४माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
५जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
६उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
७मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
८सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
११जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१२कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
टीकापुर । कैलालीको टीकापुर–८ सत्तीका अनिष चौधरी दृष्टिविहीन हुन् । उनी कर्णाली मावि टीकापुर–७ सत्तीमा कक्षा १० मा अध्ययनरत छन् । अनिषले आफ्नो कमजोरीलाई शक्तिमा बदल्दै उज्यालो शिक्षा आर्जन गरिरहेका छन् । अनिष पढाइसँगसँगै विद्यालयमा हुने खेलकूद तथा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सहभागी हुन्छन् । घरबाट आफैँ हिँडेर विद्यालय पुग्ने अनिषको उत्साह र पढाइमा लगाव देखेर उनका साथीभाइ, आफन्त र शिक्षक पनि दङ्ग छन् ।
अनिषले जुन काममा हात हाल्छन्, त्यहाँ सफलता पाउँछन् । अनिषका कक्षाका साथी सुजित चौधरी उनी आफूहरुभन्दा पढाइमा राम्रो रहेको बताउँछन् । “अनिष धेरै मेहनती छन् । लगन भए पढ्न, काम गर्न सकिन्छ भन्ने उनी प्रमाण हुन्”, सुजित भन्छन्, “उनीमा हामीभन्दा बढी बुझ्ने क्षमता छ । हरेक कुरालाई हामीभन्दा बढी लगाव दिएर पूरा गर्छन् ।”
दृष्टिविहीन अनिष गीत, कविता गाउने र लेख्ने काम पनि गर्छन् । आफूले लेखेको कविता, गीत कक्षामा सबैलाई सुनाउँछन् । अन्य विद्यार्थीसँगै बसेर पढ्ने अनिषलाई कक्षाकोठामा पढ्न अलि अप्ठ्यारो हुन्छ । “कहिलेकाहीँ सेतो बोर्डमा लेखेको कुरा सार्न गाह्रो हुन्छ । कुनै–कुनै सरले लेखेको कुरा भन्दिनुहुन्न”, उनी भन्छन्, “त्यस्तो बेला अलि गाह्रो हुन्छ । ब्रेललिपिमा चित्र बनाउन, गणित, विज्ञान र जनसङ्ख्याको हिसाब गर्न गाह्रो हुन्छ । साथीहरु निकै सहयोगी छन्, त्यस्तो समयमा साथीहरुले सघाउँछन् ।”
विद्यालयले अनिषजस्ता विद्यार्थीलाई अध्ययनमा सहज होस् भनी अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गरेको छ । “उनी असल विद्यार्थी हुन् । उनी नियमित विद्यालय आउने, विद्यालयका हरेक अतिरिक्त क्रियाकलापमा सहभागी हुने गर्छन्”, विद्यालयका सहायक प्रधानाध्यापक वीरेन्द्र शाह भन्नुहुन्छ, “हाम्रो विद्यालयमा स्रोत शिक्षक प्रेमबहादुर चौधरी पनि हुनुहुन्छ । उहाँले अपाङ्गता भएकाहरुका समस्या समाधानमा सघाउनुका साथै उनीहरुको शैक्षिक विकासमा योगदान दिइरहनुभएको छ ।”
कर्णाली माविमा अपाङ्गता भएका ११ दृष्टिविहीन बालबालिका अध्ययनरत छन् । विद्यालयमा उनीहरुका लागि आवासीयसहितको सबै सुविधा छ । “खान बस्न, सबै आवश्यक कुरा यहीँ व्यवस्था गरिएको छ”, स्रोत शिक्षक चौधरीले भन्नुभयो, “दृष्टिविहीन बालबालिकालाई शुरु–शुरुमा घुलमिल हुन अप्ठ्यारो हुन्छ । हामीले अरु विद्यार्थीलाई मित्रवत् व्यवहार गर्न भनेका छौँ । सबै विद्यार्थी एउटै कक्षामा राखेर पढाउनुपर्ने भएकाले दृष्टिविहीनलाई शुरुको बेञ्चमा राख्छौँ ।”
शिक्षक चौधरीले पनि बे्रललिपिको तालिम लिनुभएको छ । दृष्टिविहीन विद्यार्थीका लागि सरकारले वार्षिक प्रतिविद्यार्थी रु ४० हजार छात्रवृत्ति विद्यालयलाई उपलब्ध गराउने गरेको छ । यसका साथै स्रोत कक्षा व्यवस्थापनका लागि वार्षिक रु १० हजार र खेलकूद, स्टेशनरीका लागि पनि रकम उपलब्ध गराउने गरेको छ । यसका साथै विभिन्न सङ्घसंस्थाको सहयोग बालबालिकाले पाउने गरेका छन् ।
जन्मजात दृष्टि गुमाएका अनिषकी आमा सुनिता चौधरीले जन्मेको छ दिनदेखि नै उनको दृष्टि जोगाउन अनेकन प्रयास गर्नुभएको हो । “छ दिनदेखि औषधि खुवाउन थालेकी हुँ । तर उनको आँखाको ज्योति फर्काउन सकिएन । मलाई सानो छँदा निकै चिन्ता लाग्थ्यो । आँखाको ज्योति नभए पनि शिक्षाको ज्योति देखुन् भन्ने सपना थियो”, सुनिताले भन्नुभयो, ‘‘अहिलेसम्म राम्रो पढेको छ । अगाडि पनि राम्रै गर्ला । हामीले उसलाई हामीप्रति निर्भर बनाएका छैनौँ । सकेको सहयोग गर्छौँ तर आफ्नो काम आफैँ गर्ने बनाएका छौँ ।”
नेत्रहीन सङ्घ सुदूरपश्चिमका अध्यक्ष अर्जुन रावल अपाङ्गता भएकाहरुका सबै काम आफँैले गरिदिएर परिवारले कमजोर बनाउन नहुने बताउनुहुन्छ । ‘‘उनीहरुलाई बाटो देखाउने, यसरी गर भनी सिकाउने हो तर अरुप्रति निर्भर बनाउने होइन”, उहाँ भन्नुहुन्छ, “परिवार आजीवन उनीहरुसँगै रहँदैन । सहयोग गरेर कतै मैले कमजोर बनाइरहेको छु कि भनी परिवारले खोजी गर्नुपर्छ । उनीहरुलाई आफ्ना कामका लागि आफँै तयार गरिदिने हो ।” अध्यक्ष रावल अपाङ्गता भएकाहरु आत्मनिर्भर बनाउने खालको वातावरण तयार गर्ने जिम्मा सबैको भएकाले उनीहरुको शिक्षा, सीप विकासमा सहयोगी बन्न आवश्यक रहेको बताउनुहुन्छ । “सहयोगका नाममा परनिर्भर बनाउने होइन”, उहाँ भन्नुहुन्छ, “बरु जानुपर्ने ठाउँसम्म पुर्याइदिने, आवश्यक सामग्री किनिदिने, हौसला दिने काम गरौँ । क्षमता सबैमा हुन्छ, क्षमतालाई प्रयोग गर्ने वातावरण तयार गरिदिने हो ।”
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की