
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
टीकापुर । कैलालीको टीकापुर–८ सत्तीका अनिष चौधरी दृष्टिविहीन हुन् । उनी कर्णाली मावि टीकापुर–७ सत्तीमा कक्षा १० मा अध्ययनरत छन् । अनिषले आफ्नो कमजोरीलाई शक्तिमा बदल्दै उज्यालो शिक्षा आर्जन गरिरहेका छन् । अनिष पढाइसँगसँगै विद्यालयमा हुने खेलकूद तथा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सहभागी हुन्छन् । घरबाट आफैँ हिँडेर विद्यालय पुग्ने अनिषको उत्साह र पढाइमा लगाव देखेर उनका साथीभाइ, आफन्त र शिक्षक पनि दङ्ग छन् ।
अनिषले जुन काममा हात हाल्छन्, त्यहाँ सफलता पाउँछन् । अनिषका कक्षाका साथी सुजित चौधरी उनी आफूहरुभन्दा पढाइमा राम्रो रहेको बताउँछन् । “अनिष धेरै मेहनती छन् । लगन भए पढ्न, काम गर्न सकिन्छ भन्ने उनी प्रमाण हुन्”, सुजित भन्छन्, “उनीमा हामीभन्दा बढी बुझ्ने क्षमता छ । हरेक कुरालाई हामीभन्दा बढी लगाव दिएर पूरा गर्छन् ।”
दृष्टिविहीन अनिष गीत, कविता गाउने र लेख्ने काम पनि गर्छन् । आफूले लेखेको कविता, गीत कक्षामा सबैलाई सुनाउँछन् । अन्य विद्यार्थीसँगै बसेर पढ्ने अनिषलाई कक्षाकोठामा पढ्न अलि अप्ठ्यारो हुन्छ । “कहिलेकाहीँ सेतो बोर्डमा लेखेको कुरा सार्न गाह्रो हुन्छ । कुनै–कुनै सरले लेखेको कुरा भन्दिनुहुन्न”, उनी भन्छन्, “त्यस्तो बेला अलि गाह्रो हुन्छ । ब्रेललिपिमा चित्र बनाउन, गणित, विज्ञान र जनसङ्ख्याको हिसाब गर्न गाह्रो हुन्छ । साथीहरु निकै सहयोगी छन्, त्यस्तो समयमा साथीहरुले सघाउँछन् ।”
विद्यालयले अनिषजस्ता विद्यार्थीलाई अध्ययनमा सहज होस् भनी अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गरेको छ । “उनी असल विद्यार्थी हुन् । उनी नियमित विद्यालय आउने, विद्यालयका हरेक अतिरिक्त क्रियाकलापमा सहभागी हुने गर्छन्”, विद्यालयका सहायक प्रधानाध्यापक वीरेन्द्र शाह भन्नुहुन्छ, “हाम्रो विद्यालयमा स्रोत शिक्षक प्रेमबहादुर चौधरी पनि हुनुहुन्छ । उहाँले अपाङ्गता भएकाहरुका समस्या समाधानमा सघाउनुका साथै उनीहरुको शैक्षिक विकासमा योगदान दिइरहनुभएको छ ।”
कर्णाली माविमा अपाङ्गता भएका ११ दृष्टिविहीन बालबालिका अध्ययनरत छन् । विद्यालयमा उनीहरुका लागि आवासीयसहितको सबै सुविधा छ । “खान बस्न, सबै आवश्यक कुरा यहीँ व्यवस्था गरिएको छ”, स्रोत शिक्षक चौधरीले भन्नुभयो, “दृष्टिविहीन बालबालिकालाई शुरु–शुरुमा घुलमिल हुन अप्ठ्यारो हुन्छ । हामीले अरु विद्यार्थीलाई मित्रवत् व्यवहार गर्न भनेका छौँ । सबै विद्यार्थी एउटै कक्षामा राखेर पढाउनुपर्ने भएकाले दृष्टिविहीनलाई शुरुको बेञ्चमा राख्छौँ ।”
शिक्षक चौधरीले पनि बे्रललिपिको तालिम लिनुभएको छ । दृष्टिविहीन विद्यार्थीका लागि सरकारले वार्षिक प्रतिविद्यार्थी रु ४० हजार छात्रवृत्ति विद्यालयलाई उपलब्ध गराउने गरेको छ । यसका साथै स्रोत कक्षा व्यवस्थापनका लागि वार्षिक रु १० हजार र खेलकूद, स्टेशनरीका लागि पनि रकम उपलब्ध गराउने गरेको छ । यसका साथै विभिन्न सङ्घसंस्थाको सहयोग बालबालिकाले पाउने गरेका छन् ।
जन्मजात दृष्टि गुमाएका अनिषकी आमा सुनिता चौधरीले जन्मेको छ दिनदेखि नै उनको दृष्टि जोगाउन अनेकन प्रयास गर्नुभएको हो । “छ दिनदेखि औषधि खुवाउन थालेकी हुँ । तर उनको आँखाको ज्योति फर्काउन सकिएन । मलाई सानो छँदा निकै चिन्ता लाग्थ्यो । आँखाको ज्योति नभए पनि शिक्षाको ज्योति देखुन् भन्ने सपना थियो”, सुनिताले भन्नुभयो, ‘‘अहिलेसम्म राम्रो पढेको छ । अगाडि पनि राम्रै गर्ला । हामीले उसलाई हामीप्रति निर्भर बनाएका छैनौँ । सकेको सहयोग गर्छौँ तर आफ्नो काम आफैँ गर्ने बनाएका छौँ ।”
नेत्रहीन सङ्घ सुदूरपश्चिमका अध्यक्ष अर्जुन रावल अपाङ्गता भएकाहरुका सबै काम आफँैले गरिदिएर परिवारले कमजोर बनाउन नहुने बताउनुहुन्छ । ‘‘उनीहरुलाई बाटो देखाउने, यसरी गर भनी सिकाउने हो तर अरुप्रति निर्भर बनाउने होइन”, उहाँ भन्नुहुन्छ, “परिवार आजीवन उनीहरुसँगै रहँदैन । सहयोग गरेर कतै मैले कमजोर बनाइरहेको छु कि भनी परिवारले खोजी गर्नुपर्छ । उनीहरुलाई आफ्ना कामका लागि आफँै तयार गरिदिने हो ।” अध्यक्ष रावल अपाङ्गता भएकाहरु आत्मनिर्भर बनाउने खालको वातावरण तयार गर्ने जिम्मा सबैको भएकाले उनीहरुको शिक्षा, सीप विकासमा सहयोगी बन्न आवश्यक रहेको बताउनुहुन्छ । “सहयोगका नाममा परनिर्भर बनाउने होइन”, उहाँ भन्नुहुन्छ, “बरु जानुपर्ने ठाउँसम्म पुर्याइदिने, आवश्यक सामग्री किनिदिने, हौसला दिने काम गरौँ । क्षमता सबैमा हुन्छ, क्षमतालाई प्रयोग गर्ने वातावरण तयार गरिदिने हो ।”
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन