
१आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
२रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
३आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
४पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
५सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
६युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
७महान्यायाधिवक्ताको विवादास्पद निर्णय
८नेपाली काँग्रेसको सभापतिमा गगन थापा
९तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
१०पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
११राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
पोखरा, पुस २५ । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत उम्मेदवारहरूको मनोनयन दर्ता सकिएसँगै निर्वाचन आयोगले आज (पुस २५) उम्मेदवारहरूको विरोधमा उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको स्वीकृत कार्यक्रमअनुसार बुधबार सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो।
कार्यक्रमअनुसार पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गरिनेछ। पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् र अन्तिम नामावली प्रकाशित हुनेछ भने पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।
राष्ट्रिय सभामा आगामी फागुन २० देखि १८ सदस्यको पद रिक्त हुने भएकाले यो निर्वाचन हुन लागेको हो। निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षहरू मतदाता छन्। प्रदेश सांसदको मतभार ५३ र स्थानीय तह प्रतिनिधिको १९ कायम छ। आयोगले राष्ट्रिय जनगणना २०७८ का आधारमा मतदाता र मतभार सार्वजनिक गरिसकेको छ।
माघ ११ को निर्वाचनका लागि कुल ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तर कोशी प्रदेशको अन्य क्लस्टरमा नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्। नेकपाका उम्मेदवार हेमराज घिमिरे अनुपस्थित भएपछि थापा निर्विरोध भएका हुन्।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन कायम छ। गठबन्धनअनुसार कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिटमा उम्मेदवारी दर्ता गराएको छ। भागबन्डा नमिल्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनबाट अलग भई छुट्टै उम्मेदवारी दर्ता गरेको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालसँग लोसपाको एकता समझदारी भइसकेकाले सुरुमा गठबन्धनमा रहने भनिए पनि मधेस प्रदेशमा जसपा नेपालले छुट्टै तीन उम्मेदवार उठाएको छ। यद्यपि महन्थ ठाकुरलाई भने जसपा नेपालले सहयोग गर्ने निर्णय गरेको छ।
मुख्य प्रतिस्पर्धा गठबन्धन र नेकपा बीच देखिएको छ। तर सातवटै प्रदेशमा मतभार गणना गर्दा गठबन्धनको स्थिति निकै बलियो देखिन्छ। १८ पदमध्ये प्रायः सबैमा गठबन्धनका उम्मेदवारको जित निश्चितजस्तै छ।
प्रदेशगत मतभारको अवस्था यस प्रकार छ:
कोशी प्रदेशमा कुल मतभार १०,१३५ छ। एमालेको ४,२१० र कांग्रेसको ३,७२२ गरी गठबन्धनसँग ७,९३२ मतभार छ भने नेकपासँग २,१२७ मात्र छ। गठबन्धन ५,२११ मतभारले अगाडि छ।
मधेस प्रदेशमा कुल १०,५८५ मतभार छ। कांग्रेसको ३,१०४, एमालेको २,३५५ र लोसपाको ८८० गरी गठबन्धनसँग ६,३३९ मतभार छ। नेकपासँग १,३९९ मात्र छ। गठबन्धन ४,९४० मतभारले अगाडि छ।
बागमती प्रदेशमा कुल १०,३३३ मतभार छ। कांग्रेसको ४,०१३ र एमालेको २,५७१ गरी गठबन्धनसँग ६,५८४ छ भने नेकपासँग २,७३८ छ।
गण्डकी प्रदेशमा कुल ६,३५७ मतभार छ। कांग्रेसको २,७०४ र एमालेको २,४९६ गरी गठबन्धनसँग ५,२०० छ भने नेकपासँग ९४१ मात्र छ। गठबन्धन ४,२५९ ले अगाडि छ।
लुम्बिनी प्रदेशमा कुल ८,७३४ मतभार छ। कांग्रेसको ३,१७९, एमालेको २,८१० र लोसपाको २३५ गरी गठबन्धनसँग ६,६६९ छ भने नेकपासँग १,६०८ छ। गठबन्धन ५,०६१ ले अगाडि छ।
कर्णाली प्रदेशमा कुल ५,१२२ मतभार छ। कांग्रेसको १,८६३ र एमालेको १,१९५ गरी गठबन्धनसँग ३,०५८ छ भने नेकपासँग १,८४४ छ।
सुदूरपश्चिम प्रदेशमा कुल ५,८१ मतभार छ। कांग्रेसको २,५८८ र एमालेको १,५३३ गरी गठबन्धनसँग ४,१२१ छ भने नेकपासँग १,८१६ छ। गठबन्धन २,३०५ ले अगाडि छ।
समग्रमा गठबन्धनको मतभार नेकपाको भन्दा निकै बलियो देखिएको छ। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न हुने आयोगले जनाएको छ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर