
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २ फागुन । पर्यटकीय नगरी पोखराको प्रसिद्ध फेवातालमा माछा मार्ने जालमा अड्किएर सेल्फ लोडिङ राइफल (एसएलआर) फेला परेको छ। उक्त हतियारमा १८ राउन्ड गोली लोड गरिएको अवस्थामा एक थान म्यागजिन पनि संलग्न थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पोखरा महानगरपालिका–१८ खपौँदीका ४२ वर्षीय स्थानीय कुमार जलारीले बिहीबार दिउँसो माछा मार्न जाल हानेका क्रममा ताल किनार नजिकै उक्त हतियार जालमा फसेको अवस्थामा भेटिएको हो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिएर हतियार बरामद गरेको थियो।
कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार, बरामद एसएलआर राइफलमा दर्ता नम्बर मु.वा. १११ (बट) र बडी नम्बर १३८१० लेखिएको छ। हतियार दर्ता भएको देखिए पनि हालसम्म कसको नाममा दर्ता भएको हो भन्ने खुल्न सकेको छैन। यसबारे पुष्टि गर्न प्रहरी प्रधान कार्यालयमा पत्राचार गरिएको र केही दिनभित्रै विवरण प्राप्त हुने उनले बताए।
‘फेवातालमा भेटिएको एसएलआर राइफल दर्ता भएकै देखिन्छ। कसको हो भनेर बुझ्न हाम्रो हेडक्वार्टरमा लेखी पठाएका छौं,’ डीएसपी बस्नेतले भने, ‘केही दिनमै थाहा हुन्छ। बरामद हतियारलाई सुरक्षित राखी आवश्यक कारबाही अघि बढाइरहेको छ।’
हतियारको मालिक र दर्तावालाको पहिचान खुलेपछि कसरी तथा कुन परिस्थितिमा यो अत्याधुनिक हतियार फेवातालमा पुग्यो भन्ने विषयमा थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। यस घटनाले ताल क्षेत्रको सुरक्षा र अवैध हतियार नियन्त्रणबारे प्रश्न उठाएको छ।