
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
पोखरा, ९ फागुन । बड्स एकेडेमी पोखराले एसईई २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ । विद्यालयले ४.० जिपिए ल्याउने नितु भण्डारी र सुश्मा खत्रीलाई जनही एक लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो ।
विद्यालयको प्राङ्गणमा आयोजित अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहमा यी दुई विद्यार्थीलाई उत्कृष्ट नतिजामार्फत विद्यालयको गरिमा बढाएबापत नगद पुरस्कार, दोसल्ला ओढाई र प्रमाणपत्र प्रदान गरियो । नितु र शुश्मालाई संस्थापक तथा प्राचार्य प्रकाश राज वाग्लेले जनही ७५ हजार रुपैयाँ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेहरमान श्रेष्ठले जनही २५ हजार रुपैयाँ गरी कुल एक लाख रुपैयाँ हस्तान्तरण गरेका थिए ।
यसैगरी, गत वर्षको एसईईमा ३.७९ जिपिए ल्याउने पूर्णिमा वाग्ले र ३.६१ जिपिए ल्याउने महिमा गुरुङलाई ए प्लस अवार्ड प्रदान गरियो भने अन्य विद्यार्थीहरूलाई पनि विभिन्न विधामा सम्मानित गरियो ।
कार्यक्रममा बोल्दै प्राचार्य प्रकाश राज वाग्लेले नर्सरीदेखि कक्षा १० सम्म यसै विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले अनुशासन, परिश्रम र निरन्तरताको उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै आगामी शैक्षिक यात्रामा थप सफलताको शुभकामना व्यक्त गरे ।
उनले भने, ‘विद्यालयले किताबी ज्ञान मात्र होइन, जीवन उपयोगी सीप र आत्मविश्वास पनि प्रदान गर्छ । नितु र शुश्माले हासिल गरेको ४.० जिपिए, पूर्णिमा र महिमाले प्राप्त गरेको ए प्लस तथा अन्य विद्यार्थीहरूको राम्रो नतिजा हाम्रो समग्र शैक्षिक वातावरण, शिक्षकहरूको समर्पण र अभिभावकको सहयोगको परिणाम हो ।’
एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बड्स एकेडेमीको यो दोहोरो ४.० जिपिएको नतिजा अब कास्की जिल्लामा मात्र सीमित नरही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुगिसकेको बताए । उनले विद्यालयले अभिभावकहरूबाट निरन्तर साथ र सहयोगको अपेक्षा गरेको उल्लेख गरे ।
सम्मानित विद्यार्थी नितु भण्डारी र शुश्मा खत्रीले आफूहरूको यो उपलब्धिको श्रेय विद्यालय परिवारलाई नै दिए । उनीहरूले भने, ‘बड्स एकेडेमीले सही मार्गदर्शन, नियमित अभ्यास र निरन्तर हौसला प्रदान ग¥यो, जसका कारण आज यो सफलता सम्भव भयो ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेहरमान श्रेष्ठले विगतदेखि नै गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको बताउँदै आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन जारी राख्ने प्रतिबद्धता जनाए ।
अभिभावकहरूले पनि विद्यालयको शैक्षिक वातावरण, अनुशासन र शिक्षकहरूको लगनशीलताको प्रशंसा गर्दै आफ्ना सन्तानको सफलतामा विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको छ र यसले अन्य विद्यार्थीहरूलाई पनि थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम