
१रास्वपाले खोल्यो खाता : काठमाडौं १ बाट रञ्जु दर्शना विजयी
२प्रतिनिधिसभा निर्वाचन-मतदान सुरु
३मतदाताले परिचयपत्र नभए पनि ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाउने
४सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी
५चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
६रास्वपा नेता राजु राईले पार्टी छाडे
७बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
८गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
९कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
१०धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
११धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
१२बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
६२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
पोखरा, १४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका प्रभावशाली नेता राजु राईले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । टिकट वितरण प्रक्रियामा सुरुदेखि नै असन्तुष्ट रहेका उनले बिहीबार सामाजिक सञ्जालमार्फत यो निर्णय सार्वजनिक गरेका हुन् ।
‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ । आजदेखि राजनीति र पार्टीको लागि १ कौडी पैसा र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन,’ उनले लेखेका छन्, ‘अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’ उनले थपे, ‘नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण लगाउनु हो । पार्टी हाइज्याक भयो । टिकट बेच्ने हो भने यो पार्टी किन चाहियो र ? नेता वरपर घुमेर टिकट अरू पार्टीबाट पनि पाइन्छ नि । सुरुवातमा मात्रै पार्टी हुने रहेछ, त्यसपछि परिपाटीमा चल्ने रहेछ ।’
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट रास्वपाको तर्फबाट उम्मेदवार बनेका राईले १० हजार ९४१ मत प्राप्त गरेका थिए । सोही क्षेत्रमा रास्वपाले समानुपातिकतर्फ १५ हजार ८६४ मत ल्याएको थियो । धेरैले यसपटक पनि उनैलाई उम्मेदवार बन्ने अपेक्षा गरेका थिए र उनले पनि तयारी गरिरहेका थिए । तर, अहिले सो क्षेत्रबाट बालेन समूहसँग सम्बद्ध खड्कराज पौडेल (गनेस) ले टिकट पाएका छन् ।
राईको यो निर्णय रास्वपाभित्र देशव्यापी रूपमा देखिएको असन्तुष्टिको क्रममा आएको छ । पछिल्लो समय पार्टीमा टिकट वितरण, आर्थिक अपारदर्शिता, नेतृत्वको मनपरी, सिद्धान्तबाट विचलन र सक्रिय कार्यकर्तालाई पाखा लगाउने जस्ता आरोप लाग्दै आएका छन् । चुनाव नजिकिँदै गर्दा केन्द्रीय तहदेखि स्थानीय तहसम्मका प्रभावशाली नेताहरूले पार्टी छाड्ने क्रम बढेको छ ।
यी घटनाहरूले रास्वपामा आन्तरिक लोकतन्त्र र सुशासनको कमी भएको भन्दै व्यापक बहस सिर्जना गरेको छ ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी