
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २६ माघ । सहारा क्लब पोखराले आयोजना गर्ने २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। रजत वर्ष (सिल्भर जुभिली) को यो संस्करणलाई विशेष बनाउँदै पोखरा रंगशालामा पहिलोपटक फ्लडलाइट जडान गरी सन्ध्याकालीन समयमा खेल सञ्चालन गरिने भएको छ।
प्रतियोगिता माघ २७ गतेदेखि फागुन ९ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र हङकङको गार्खा इन्टरनेशनल फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेलहरू बेलुका करिब ५ बजेबाट सुरु हुने र पहिलो हाफ प्राकृतिक उज्यालोमा तथा दोस्रो हाफ फ्लडलाइटमा खेलाइने आयोजकले जनाएको छ। यसका लागि करिब २० लाख रुपैयाँ खर्चेर पोर्टेबल फ्लडलाइट जडान गरिएको छ, जसले दर्शक सङ्ख्या बढाउने र पोखरालाई खेलकुद पर्यटन गन्तव्यका रूपमा प्रचार गर्ने अपेक्षा गरिएको छ।
१२ टिम सहभागी हुने प्रतियोगितामा तीन विदेशी क्लब छन्, हङकङको गार्खा इन्टरनेशनल फुटबल क्लब, उज्बेकिस्तानको आभा फुटबल क्लब र भारतको थन्डरबोल्ट नर्थ युनाइटेड । नेपाली टिमहरूमा नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड, फ्रेन्ड्स क्लब र आयोजक सहारा क्लब छन्।
पुरस्कार राशिमा यसपटक वृद्धि गरिएको छ। विजेताले १४ लाख १ हजार रुपैयाँ, उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। व्यक्तिगत विधामा उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले जनही २५ हजार रुपैयाँ तथा ट्रफी पाउनेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ र ट्रफी दिइनेछ। अनुशासित टिमलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
दर्शकलाई प्रोत्साहित गर्न प्रत्येक खेलमा भाग्यशाली दर्शकलाई ५ हजार रुपैयाँ र फ्यान अफ द म्याचलाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था छ। सिजनल टिकट १ हजार २ सय रुपैयाँ, जर्सीसहित ३ हजार र जर्सी मात्र २ हजार रुपैयाँ टिकट दर तोकिएको छ । साधारण प्यारापिटमा प्रि–क्वार्टर तथा क्वार्टरफाइनलका लागि पश्चिम तर्फ २०० र अन्य तर्फ १०० रुपैयाँ, सेमिफाइनलमा ३०० र २०० रुपैयाँ तथा फाइनलमा ५०० र ३०० रुपैयाँ कायम गरिएको छ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौं’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको आहा ! रारा तयारी चाउचाउ रहेको छ ।
रजत वर्षको अवसरमा राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राईलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’ प्रदान गरिनेछ। साथै, प्रतियोगितालाई २५ औं संस्करणसम्म पुर्याउन योगदान पुर्याउने २५ व्यक्ति तथा संस्थालाई विशेष सम्मान गरिने क्लबले जनाएको छ। फोटो पत्रकार संघ कास्कीको संयोजनमा फोटो प्रदर्शनी पनि हुनेछ। क्लब अध्यक्ष केशवबहादुर थापाले खेलको गुणस्तर, दर्शक सुविधा र विशेष आकर्षणलाई प्राथमिकता दिइएको बताएका छन्।