
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
पोखरा, ९ फागुन । धनुष बचत तथा ऋण सहकारी संस्थामा भएको ठूलो रकम हिनामिना प्रकरणमा पूर्वपदाधिकारी कृष्णप्रसाद जैशीको संलग्नता गम्भीर रूपमा उजागर भएको छ । सहकारीको छानबिन प्रतिवेदनअनुसार जैशीले मात्रै झन्डै ७२ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको ठहर गरेको छ ।
छानबिन समितिले तयार पारेको प्रतिवेदनमा जैशी सहित पूर्वव्यवस्थापक विराज सुवेदी र जगत पौडेलले पनि करोडौं रुपैयाँ दुरुपयोग गरेको उल्लेख छ । यी तीनजनासँगै इन्जिनियर असिम बराल र अमेरिकामा रहेकी सिर्जना गुरुङ (परिवारसहित)ले गरी कुल झन्डै ३ करोड रुपैयाँ हिनामिना गरेको प्रतिवेदनले औंल्याएको छ । समग्रमा पाँचजनाले गरेको हिनामिना रकम ९ करोड रुपैयाँ नाघेको छ, जसमध्ये अधिकांश अझै असुलउपर हुन सकेको छैन ।
सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशका अनुसार पोखरा महानगरपालिका वडा नं. ९, नयाँबजारमा कार्यालय रहेको यस संस्थाको कुल हिनामिना रकम १९ करोड रुपैयाँ भन्दा बढि पुगेको छ । जसमध्ये करिब ११ करोड रुपैयाँ सोधभर्ना भइसकेको छ भने बाँकी रुपैयाँ अझै फिर्ता हुन बाँकी छ । छानबिन समितिले कानुनी कारबाहीका लागि सिफारिस गरे पनि केही समय थपिएको अवधिमा पनि बाँकी रकम असुली हुन नसकेको नियामक निकायले जनाएको छ ।
प्रतिवेदनले जैशीले ऋण समिति सदस्यको हैसियतमा पदको दुरुपयोग गरी सहकारीको रकम व्यक्तिगत लाभका लागि प्रयोग गरेको, चर्को मिटरब्याजमा लगानी गरी ब्याज असुल्ने धन्दा चलाइएको तथा फर्जी ब्याज प्रविष्टि गरी रकम दाखिला नगरेको स्पष्ट पारेको छ । यसैगरी, व्यवस्थापकहरूसँग मिलेमतो गरी फर्जी ब्याज राखेर करिब ४३ लाख ब्याज र अन्य गरी कुल ७२ लाख रुपैयाँ हिनामिना गरेको दाबी गरिएको छ ।
पीडित बचतकर्ताहरूका अनुसार जैशीले सार्वजनिक रूपमा सहकारी पीडितको पक्षमा उग्रआवाज उठाउने गरे पनि आफैं ठगीमा संलग्न रहेको खुलासापछि यतिबेला सबैजना स्तब्ध भएका छन् । जैशीसँग पैसा फिर्ता गर्न आग्रह गर्दा उल्टै धम्की दिने गरेको पीडितहरूको गुनासो छ ।
सहकारी ठगीमा संलग्न जैशीले क्रमिक रुपमा साना सहकारीमा मिटर ब्याजमा रकम असुल्ने र फर्जी बचत बनाई रकम निकासी गर्ने गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । उनले सोही सिलसिलामा सूर्यदर्शन सहकारीमा बचतकर्ता बनी रकम लगेर दाखिला गराए पश्चात् उल्टै ठगिएको र सुरु अनुसन्धानमा जाहेरी नराखी रवि विरुद्धको अनुसन्धानमा जाहेरी दिएका थिए ।
सहकारीका अध्यक्ष राजाराम सुवेदीले वेथिति देखिएपछि आफैंले रजिस्ट्रार कार्यालयमा छानबिनका लागि निवेदन दिएको बताए । उनले समस्या मुख्य रूपमा कर्मचारी र केही शेयर सदस्य (ऋण समितिमा रहेका)बाट उत्पन्न भएको स्वीकार गरे । अध्यक्ष सुवेदीका अनुसार प्रतिवेदनपछि ११ करोड रुपैयाँ सोधभर्ना भइसकेको छ र बाँकी रकम इमान्दारीतापूर्वक तिरिए सहकारीलाई बचतकर्ताको रकम फिर्ता गरी मुनाफामा फर्काउन सकिने अवस्था छ ।
चर्कोमिटर ब्याजमा सहकारीमा पैसा लगानी गरी ब्याज असुल्ने गरेका कृष्णप्रसाद जैशीले सहकारी सञ्चालकहरुले आफूहरुलाई संकट पर्यो, पैसा खोज भनेपछि पैसा खोजेर राखिदिएको स्वीकार गरेका छन् । ‘मैले पैसा राखेपछि त यति ब्याज देऊ त भन्ने नैं भए नि,’ उनले भने–‘सहकारीले चाहिँदा महँगोमा रकम लिने, अहिले मलाई फसाउने काम भयो । म आफैं अब यस विषयमा कानुनी उपचारमा जान्छु ।’
सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशका प्रमुख भेषराज रिजालले अबका केही महिनाभित्र पुनः आर्थिक छानबिन गरी बाँकी रकम असुलीका लागि कानुनी प्रक्रिया अघि बढाउने तयारी रहेको जानकारी दिए । उनले धेरै रकम दाखिला गरिसकेकाहरूको तुलनामा अटेर गर्नेहरूमाथि कडा कदम चालिने बताए ।
छानबिनकर्ता वित्तीय विश्लेषक निर्मल गौतमले प्रतिवेदनमा सबै तथ्य प्रमाणसहित उल्लेख गरिसकेको र आवश्यक परे प्रहरी अनुसन्धान तथा अदालतमा बकपत्र दिन तयार रहेको बताए । ‘प्रतिबेदनको गोपनियता सुरक्षित गर्ने हाम्रो कर्तव्य भएको हुँदा कृष्णप्रसाद जैशीको संलग्नताको बिषयमा निजको हिनामिनाको प्रमाण प्रकृति मिसिल संलग्न छ । सम्बन्धित कार्यलयबाट बुझिलिनुहोला,’ उनले भने ।
वित्तीय विश्लेषक गौतमले हालसम्म झण्डै १९ सहकारीको करिब १२ अर्ब घोटलाको खरो अनुसन्धान गरिसकेका छन् । यस प्रकरणमा थप अनुसन्धान गरी दोषीहरूमाथि कारबाही अघि बढाउने अपेक्षा पीडितहरूले गरेका छन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति