News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा

पोखरा, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की क्षेत्र नम्बर २ बाट उत्तम पौडेललाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ। पार्टीभित्र चर्को प्रतिस्पर्धा र रस्साकस्सी भए पनि अन्तिममा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरिएको हो।

उत्तम पौडेल पत्रकारिता पृष्ठभूमिबाट आएका व्यक्ति हुन्। यस क्षेत्रबाट टिकटका लागि माधव कँडेल, अशोक खड्का, योगेन्द्र केसी लगायतका नेताहरूले पनि दाबी गरेका थिए। यसअघि भएको निर्वाचनमा रास्वपाले कास्की २ बाट प्रत्यक्षतर्फ १२ हजार ४ सय ९५ मत प्राप्त गरेको थियो। त्यसबेला नेकपा ९एमाले० की उम्मेदवार विद्या भट्टराई ले १६ हजार ९ सय ९८ मत ल्याएर विजयी भएकी थिइन्। रास्वपाले विभिन्न क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाइरहेको क्रममा यो निर्णय आएको हो।