
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
पोखरा, ४ फागुन । कास्की प्रहरीले मादक पदार्थ सेवन गरी स्कूल बस सञ्चालन गरेको अवस्थामा कुमुदिनी होम्स बोर्डिङ स्कूलसहित पाँचवटा विद्यालयका बस चालकहरूलाई नियन्त्रणमा लिएको छ ।
यो घटनाले पोखराका अभिभावकहरूमा तीव्र चिन्ता र असन्तुष्टि पैदा गरेको छ, किनकि बालबालिकाको सुरक्षासँग प्रत्यक्ष जोडिएको यो लापरबाहीले विद्यालयहरूको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आज सोमबार बिहान करिब ९ः३० बजे विभिन्न स्थानमा स्कूल बसहरूको विशेष चेकजाँच अभियान चलाएको थियो । ट्राफिक प्रहरीसहितको संयुक्त टोलीले गरेको जाँचका क्रममा चालकहरूले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ पर्ने चालकहरूमा कुमुदिनी होम्स बोर्डिङ स्कूलको बस चालक पोखरा महानगरपालिका–४ प्रयासड बस्ने ३९ वर्षीय गोइतम गुरुङ, माउन्ट हेमन बोर्डिङ स्कूलको बस चालक पोखरा महानगरपालिका–२५ बस्ने ३३ वर्षीय आनन्द परियार, बिन्देश्वरी बोर्डिङ स्कूलको बस चालक पोखरा महानगरपालिका–१७ बस्ने ४८ वर्षीय भक्तबहादुर गुरुङ, अञ्जली बोर्डिङ स्कूलको बस चालक पोखरा महानगरपालिका–१६ बस्ने ४५ वर्षीय डम्बर बहादुर गुरुङ तथा एस.ओ.एस. बोर्डिङ स्कूलको बस चालक पोखरा महानगरपालिका–१० रामबजार बस्ने ४६ वर्षीय पदम विक रहेका छन् ।
यी चालकहरूले बालबालिका बोकेर सवारी सञ्चालन गरिरहेको बेला मादक पदार्थ सेवन गरेको पाइएको हो । प्रहरीले उनीहरूमाथि मादक पदार्थ सेवन गरी सवारी चलाएको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
पोखरामा आफूलाई उत्कृष्ट तथा उच्च गुणस्तरको बोर्डिङ स्कूलको रूपमा स्थापित गरेको कुमुदिनी होम्स बोर्डिङ स्कूलको बस चालकबाट यस्तो गम्भीर घटना हुनुले अभिभावकहरूको विश्वासमा ठूलो धक्का लागेको छ । विद्यालयले गुणस्तरीय शिक्षा र सुरक्षित वातावरणको दाबी गर्दै आए पनि यो घटनाले त्यसको विश्वसनीयतामाथि प्रश्न चिन्ह खडा गरेको छ ।
साथै, विद्यालयका सञ्चालक अशोक पालिखेसँग विगतमा विभिन्न विवादास्पद विषयहरू जोडिएका चर्चाहरू रहँदै आएका छन्, जसले यो घटनालाई थप संवेदनशील बनाएको छ । बालबालिकाको जीवनसँग जोडिएको यस्ता विषयमा कुनै पनि प्रकारको सम्झौता हुन नहुने अभिभावकहरूको स्पष्ट धारणा छ ।
यस घटनापछि कास्की प्रहरीको सक्रियता र समयमै गरिएको अपरेसनको अभिभावकहरूबाट व्यापक प्रशंसा भएको छ । ‘प्रहरीले बालबालिकाको सुरक्षालाई प्राथमिकता दिँदै गरेको यो कार्य अत्यन्त सराहनीय छ,’ एक अभिभावकले प्रतिक्रिया दिँदै भने, ‘स्कूल बसहरूमा यस्ता नियमित तथा कडा चेकजाँच आवश्यक छ, किनकि बालबालिकाको जीवनसँग कुनै पनि जोखिम लिन सकिँदैन ।’ प्रहरीको यो सतर्कताले अन्य स्कूल व्यवस्थापन र बस सञ्चालकहरूलाई पनि सचेत गराउने अपेक्षा गरिएको छ ।
प्रहरीले यस्ता घटना रोक्न स्कूलहरूले बस चालकहरूको नियमित स्वास्थ्य जाँच, मादक पदार्थ सेवनबारे कडा अनुगमन तथा दैनिक जाँच प्रणाली लागू गर्नुपर्नेमा जोड दिएको छ । अभिभावकहरूलाई पनि स्कूल बसको अवस्था, चालकको व्यवहार र सवारी साधनको सुरक्षा मापदण्डबारे निरन्तर सजग रहन आग्रह गरिएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ