
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
पोखरा, २ फागुन । पोखरा महानगरपालिका–६ पामेस्थित गैह्राकोचौतरा नजिक फेवातालमा शनिबार बिहान कार खस्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ का स्थायी बासिन्दा तथा हाल पोखरा महानगरपालिका–७ मासबार बस्दै आएका २४ वर्षीय अतित गुरुङ रहेका छन्। उनीसँगैं रहेका दुईजना भने सकुशल रहेका छन् ।
दुर्घटना शनिबार बिहान करिब २ः१० बजे भएको थियो। बीएए १५८२ नम्बरको कार अनियन्त्रित भई गैह्राको चौतारा नजिकबाट फेवातालमा खसेको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर. कालिकाले जनाएको छ।
घटनास्थलमा सशस्त्र प्रहरी उपरीक्षक बसन्तबहादुर सिंहको कमान्डमा २१ जनाको टोली (डीएम र गोताखोरसहित) खटिएको थियो। गोताखोर टोलीले कारबाट अचेत अवस्थामा रहेका गुरुङलाई बाहिर निकालेर गण्डकी मेडिकल कलेज पुर्याएको थियो। तर, उपचारका क्रममा बिहान ४ः३४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
कारलाई क्रेनको सहायताले तालबाट निकालिएको छ। थप अनुसन्धान तथा कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम लगिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी राखेको छ। अत्याधिक मदिरा सेवन गरी सवारी हाँक्दा सो दुर्घटना भएको प्रहरीको भनाई छ ।