
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा, २२ माघ । कास्की क्षेत्र नम्बर २ मा चुनावी माहोल निकै तातिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यो क्षेत्रलाई आफ्नो लागि सहज जित्ने ‘हटस्पट’ का रूपमा लिएको छ र पार्टीभित्र उत्साहको लहर चलिरहेको छ। तीन वर्षअघिको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ दोस्रो स्थान हासिल गर्दै एमालेलाई कडा टक्कर दिएको थियो भने समानुपातिकतर्फ त पहिलो नै बनेको थियो।
अहिले पार्टीको संगठन सबै वडामा पुगेको र मतदाताको रुचान अझ बढेको दाबी गर्दै रास्वपाका नेताहरूले यो पटक सहजै जित निकाल्नेमा ढुक्क देखिन्छन्। गण्डकी प्रदेशका महामन्त्री नवीन त्रिपाठीले त यसलाई अन्य क्षेत्रभन्दा सजिलो बताउँदै मतदाताको झुकाव अझै बढ्ने विश्वास व्यक्त गरेका छन्। रास्वपाबाट कास्की क्षेत्र नम्बर २ मा पत्रकारिता पृष्ठभूमिबाट आएका रवि लामिछानेका सबैभन्दा नजिकका प्रिय पात्र उत्तमप्रसाद पौडेल चुनावी मैदानमा उत्रिएका छन् ।
शिक्षा र समाजमा फैलिएको विकृति विरुद्ध खरो रूपमा उत्रिएका जेनजी आन्दोलनका नेता निर्दोषविक्रम पौडेल यसपालि कास्की क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन्। उनी २६ वर्ष का युवा हुन् र चुनाव चिन्ह क्याल्कुलेटर लिएर प्रतिस्पर्धामा उत्रिएका छन्।
यता, एमाले भने आफ्नो पुरानो विरासत जोगाउन उच्च दबाबमा छ। पञ्चायतकालदेखि नै यो क्षेत्रमा लगातार जित्दै आएको एमालेका लागि कास्की–२ आफ्नो ’किल्ला’ मानिन्थ्यो। तर यसपालि विद्या भट्टराई चुनाव नलड्ने भएपछि र टिकट वितरणका क्रममा आन्तरिक असन्तुष्टि चुलिँदा पार्टीभित्र चुनौती थपिएको छ।
केन्द्रीय सदस्य रश्मी आचार्यले पाँच हजार मतान्तरले जित्ने दाबी गरिरहँदा पनि एमाले इतरका दलहरूले यो पटक एमालेको दाबी भत्किने ठोकुवा गरिरहेका छन्। रविन्द्र अधिकारी र पछि उनकी पत्नी विद्या भट्टराईले जितेको यो क्षेत्रमा एमालेको इतिहास जोगाउन अब आचार्यलाई कडा मेहनत गर्नुपर्ने देखिन्छ।
यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा रास्वपा र एमालेबीच देखिए पनि नेपाली कांग्रेसले माधव बास्तोला ’मधु’लाई उम्मेदवार बनाएर आफ्नो प्रभाव फर्काउने प्रयासमा छ। उनी जेनजी आन्दोलनपछि पार्टी सुधारिएको र अब देशमा पनि सुधार ल्याउने एजेन्डा लिएर मैदानमा उत्रिएका छन्। पोखरामा इमान्दार नेताको छवि बनाएका बाँस्तोलालाई जिताउन काँग्रेसीजनहरु भने एक ढिक्का भएर लागेका छन् ।
भ्रष्टाचारमुक्त समाज, बौद्धिक तथा पुँजी पलायन रोक्ने, संविधान संशोधनजस्ता मुद्दा उठाउँदै युवा पुस्ताको माग सम्बोधन गर्ने उनको भनाइ छ। यसबाहेक नेकपा, राप्रपा, उज्यालो नेपाल पार्टी लगायतका दलहरूले पनि आफ्ना उम्मेदवार खडा गरेका छन् भने ५ जना स्वतन्त्रसहित कुल १७ जनाले मनोनयन दर्ता गराएका छन्।
पोखराको सहरी इलाका समेटिएको यो सानो भूगोलको क्षेत्रमा अब चुनावी सरगर्मी चर्किँदै गएको छ। रास्वपाको उत्साहले नयाँ ऊर्जा थपेको छ भने एमालेले आफ्नो परम्परागत प्रभाव कायम राख्न कस्सिएको छ। मतदाताको रुचि र परिवर्तनको चाहनाले यो पटक कस्तो नतिजा दिन्छ, हेर्न बाँकी छ – तर अहिले नै यो क्षेत्र चुनावी चर्चाको केन्द्रबिन्दु बनेको छ !
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो