
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
रुकुम पूर्व, १ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको राष्ट्रिय संकट समाधान गर्न सबै राष्ट्रिय राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्। जनयुद्धको ३१औँ दिवसका अवसरमा रुकुम पूर्वबाट जारी गरेको भिडियो सन्देशमा उनले जेन–जेड आन्दोलन र त्यसपछिको विध्वंसले मुलुकलाई गम्भीर अप्ठ्यारो अवस्थामा पुर्याएको बताए।
जनयुद्धको आधार इलाका रुकुम पूर्वमा पुगेर दिवस मनाउँदै प्रचण्डले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावितहरूप्रति सम्मान व्यक्त गरे। उनले भने, ‘जेनजी आन्दोलनले मुलुकमा नयाँ परिस्थिति सिर्जना गरेको छ। विध्वंसले सिर्जना गरेको संकट समाधानका लागि सम्पूर्ण राष्ट्रिय राजनीतिक शक्ति एक हुनुपर्छ। निर्वाचनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा सुरु गर्न म हार्दिक अपिल गर्दछु।’
प्रचण्डले यो वर्षको जनयुद्ध दिवस आफ्नो लागि विशेष भएको उल्लेख गरे। रुकुम पूर्वलाई जनयुद्धको केन्द्रीय आधार क्षेत्रका रूपमा स्मरण गर्दै उनले भने, ‘यहाँ आएर जनयुद्ध मनाउँदा ती सबै स्मृतिहरू ताजा भएर आएका छन्। जनयुद्धमा रुकुम र रोल्पाले खेलेको भूमिकालाई फेरि देशभर स्थापित गर्ने जिम्मेवारी छ। सहिदका सपना पूरा गर्ने दायित्व सबैको हो।’
उनले देशको वर्तमान परिस्थितिलाई नयाँ मोडमा पुगेको बताउँदै जनयुद्ध दिवस एकातिर गर्वको विषय र अर्कोतर्फ ठूलो जिम्मेवारी भएको धारणा राखे। रुकुम पूर्वको प्रत्यक्ष निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका प्रचण्डले नयाँ समाजवादी अभियान अगाडि बढाउने संकल्पसहित यो क्षेत्रमा आएको बताए।
जनयुद्ध दिवसका अवसरमा नेकपाले रुकुम पूर्वमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। प्रचण्डले स्थानीय सहिद परिवार, घाइते तथा बेपत्ता व्यक्तिका परिवारसँग भेटघाट गर्दै उनीहरूको योगदानलाई सम्मान गरेका छन्। उनको सन्देशले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेको छ।
यो दिवसले नेपालको राजनीतिक इतिहासमा जनयुद्धको योगदानलाई स्मरण गर्दै वर्तमान संकटबाट पार पाउन एकताको आवश्यकता औंल्याएको छ। प्रचण्डको अपिलले राजनीतिक दलहरूबीच सहकार्यको सम्भावनालाई बल पुर्याउने अपेक्षा गरिएको छ।