
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, १३ फागुन । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएका युवा अभियन्ता निर्दोष विक्रम पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार माधव प्रसाद बास्तोला (मधु)लाई पूर्ण समर्थन गर्दै मतदातालाई उनको पक्षमा मतदान गर्न अपिल गरेका छन्।
पौडेलले जारी गरेको विज्ञप्तिमा आफ्नो राजनीतिक यात्रा जनता, पीडा र भविष्यको आवाज बोकेर सुरु भएको बताएका छन्। उनले यो यात्रा पद, सत्ता वा व्यक्तिगत स्वार्थका लागि नभई युवाको आत्मसम्मान, अवसर र सुरक्षित भविष्यका लागि भएको उल्लेख गरेका छन्।
तर, वर्तमान राजनीतिक परिस्थिति, पार्टीको स्पष्ट दृष्टिकोण, माधव प्रसाद बास्तोलाको निष्ठा, इमानदारी र युवामैत्री सोच तथा पार्टीले प्रस्तुत गरेको प्रतिबद्धता पत्रलाई आत्मसात् गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन्। उनले कांग्रेसको बदलिएको रूप र रुख चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन्।
विज्ञप्तिमा उनले भनेका छन्, ‘आज उम्मेदवारी फिर्ता लिएको छु, तर आवाज फिर्ता लिएको छैन। आज सहयोग गरेको छु, तर प्रश्न सोध्ने अधिकार गुमाएको छैन। अब हाम्रो साझा बाटो एउटै छ, युवाको भरोसा बोकेको नेतृत्वलाई विजयी गराउने, कास्की–२ लाई भविष्यसँग जोड्ने।’
उनले सम्पूर्ण मतदाता, दिदीबहिनी तथा दाजुभाइहरूलाई रुख चिन्हमा माधव प्रसाद बास्तोला (मधु)लाई विजयी बनाउन हार्दिक अपिल गरेका छन्। यो विजय कुनै एक व्यक्तिको नभई युवाको, भविष्यको र एकताको हुने उनको भनाइ छ।
निर्दोष विक्रम पौडेल पूर्व नेविसंघ नेता तथा युवा अभियन्ताका रूपमा चिनिन्छन्। यो घटनाले कास्की–२ मा कांग्रेसको एकता र माधव बास्तोलाको पक्षमा थप बल पुग्ने देखिन्छ। आगामी प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) मा यो क्षेत्रमा कांग्रेसका बास्तोला, एमालेका रश्मी आचार्य, रास्वपाका उत्तम पौडेल र नेपाली कम्युनिष्ट पार्टीका किरण थापा बीच मुख्य प्रतिस्पर्धा हुँदैंछ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा