
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, १३ फागुन । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएका युवा अभियन्ता निर्दोष विक्रम पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार माधव प्रसाद बास्तोला (मधु)लाई पूर्ण समर्थन गर्दै मतदातालाई उनको पक्षमा मतदान गर्न अपिल गरेका छन्।
पौडेलले जारी गरेको विज्ञप्तिमा आफ्नो राजनीतिक यात्रा जनता, पीडा र भविष्यको आवाज बोकेर सुरु भएको बताएका छन्। उनले यो यात्रा पद, सत्ता वा व्यक्तिगत स्वार्थका लागि नभई युवाको आत्मसम्मान, अवसर र सुरक्षित भविष्यका लागि भएको उल्लेख गरेका छन्।
तर, वर्तमान राजनीतिक परिस्थिति, पार्टीको स्पष्ट दृष्टिकोण, माधव प्रसाद बास्तोलाको निष्ठा, इमानदारी र युवामैत्री सोच तथा पार्टीले प्रस्तुत गरेको प्रतिबद्धता पत्रलाई आत्मसात् गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन्। उनले कांग्रेसको बदलिएको रूप र रुख चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन्।
विज्ञप्तिमा उनले भनेका छन्, ‘आज उम्मेदवारी फिर्ता लिएको छु, तर आवाज फिर्ता लिएको छैन। आज सहयोग गरेको छु, तर प्रश्न सोध्ने अधिकार गुमाएको छैन। अब हाम्रो साझा बाटो एउटै छ, युवाको भरोसा बोकेको नेतृत्वलाई विजयी गराउने, कास्की–२ लाई भविष्यसँग जोड्ने।’
उनले सम्पूर्ण मतदाता, दिदीबहिनी तथा दाजुभाइहरूलाई रुख चिन्हमा माधव प्रसाद बास्तोला (मधु)लाई विजयी बनाउन हार्दिक अपिल गरेका छन्। यो विजय कुनै एक व्यक्तिको नभई युवाको, भविष्यको र एकताको हुने उनको भनाइ छ।
निर्दोष विक्रम पौडेल पूर्व नेविसंघ नेता तथा युवा अभियन्ताका रूपमा चिनिन्छन्। यो घटनाले कास्की–२ मा कांग्रेसको एकता र माधव बास्तोलाको पक्षमा थप बल पुग्ने देखिन्छ। आगामी प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) मा यो क्षेत्रमा कांग्रेसका बास्तोला, एमालेका रश्मी आचार्य, रास्वपाका उत्तम पौडेल र नेपाली कम्युनिष्ट पार्टीका किरण थापा बीच मुख्य प्रतिस्पर्धा हुँदैंछ ।