
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, २६ माघ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२’ पारित गरेको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माको नेतृत्वमा तयार पारिएको उक्त निर्देशिका पारित गरेको हो।
निर्देशिकाले चुनावी अभियानलाई स्वस्थ, सभ्य र परिपक्व बनाउने जोड दिएको छ। यसमा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि पार्टीले प्रतिस्पर्धी दल तथा तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी र विषयगत तर्कसहितको आलोचना मात्र गर्ने नीति अख्तियार गरेको छ। गालीगलौज वा व्यक्तिगत आक्रमण गर्न नपाइने व्यवस्था गरिएको छ।
निर्देशिकामा भनिएको छ, “नेपाली कांग्रेस आफ्ना प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्दछ।”
यसैगरी, चुनावी मैदानलाई दुश्मनीको अखडा नभई विचार र व्यक्तित्वको प्रतिस्पर्धाको महायज्ञ का रूपमा चित्रण गर्दै निर्देशिकाले भनेको छ, “चुनाव मैदानमा रहेका कुनै पनि दल वा उम्मेदवार नेपाली कांग्रेसका लागि दुश्मन होइनन्।” पार्टीले आफ्नो व्यवहारबाट यो सन्देश प्रवाह गर्ने र अन्य दलहरूलाई पनि यस्तै स्वस्थ प्रतिस्पर्धाको संस्कृति अपनाउन प्रेरित गर्ने उल्लेख छ।
निर्देशिकाले घृणास्पद, उत्तेजक तथा भड्काउने प्रकृतिका अभिव्यक्ति पूर्ण रूपमा त्याग्ने र उम्मेदवार तथा प्रचारकहरूलाई यस्ता कुराबाट टाढा रहन निर्देशन दिएको छ। सामान्य तथा स्वस्थ व्यङ्ग्यलाई निर्वाचन मैदानमा स्वाभाविक माने पनि सार्वजनिक प्रस्तुति पूर्ण संयमित र परिपक्व रहने उल्लेख छ।
पार्टीले निर्वाचनको मैदानलाई स्वस्थ तथा हार्दिक बनाउने मुख्य जिम्मेवारी राजनीतिक दलहरूकै भएको भन्दै यसमा सबै दललाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।
यसैबीच, नेपाली कांग्रेसले आगामी निर्वाचनमा १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ। फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियानसहित नेता–कार्यकर्तालाई परिचालन गर्ने योजना पनि निर्देशिकामा समेटेको छ।