
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा, १९ फागुन । निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी गरिरहेको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्ने जो कोही पनि सजायको भागिदार हुनुपर्ने आयोगले स्पष्ट पारेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, ‘निर्वाचनको समयमा उम्मेदवारहरू वा तिनका शुभेच्छुक तथा शुभचिन्तकहरूले विभिन्न हल्ला फैलाउन सक्छन्। यदि यस्ता सामग्रीको दुरुपयोग भयो भने उम्मेदवार र सामाजिक सञ्जाल प्रयोग गर्ने व्यक्ति दुवैलाई सजायको भागिदार बनाइनेछ।’
आयोगले सबै सरोकारवालालाई सचेत रहन आग्रह गरेको छ। सामाजिक सञ्जालमा आउने कुनै पनि समाचार वा सामग्री सही हो वा गलत हो भनी पहिले छुट्याउनुपर्नेमा जोड दिइएको छ।
भण्डारीले थपे, ‘सामाजिक सञ्जालका पेचिला विषयमा हामी सुरुदेखि नै सजग छौं। कसैले गलत उद्देश्यले सामाजिक सञ्जालको प्रयोग गरेर प्रचारप्रसार गरेको पाइएमा त्यस्ता सामग्री हटाउन पटकपटक आग्रह गरिसकेका छौं। विशेष गरी मौन अवधिमा यस्ता सामग्री प्रकाशित भएमा त्यसको स्रोत पत्ता लगाई सम्बन्धित व्यक्तिलाई नै कारबाही गर्ने हाम्रो लक्ष्य छ।’
उनले सबैलाई अनुशासित भएर निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरे। मौन अवधिलाई पूर्ण रूपमा पालना गर्दै स्वच्छ तथा विवेकपूर्ण तरिकाले मतदान गर्नुपर्ने उनको भनाइ छ।
मतदान आगामी बिहीबार हुँदैछ। निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न भएपछि जतिसक्दो चाँडो मतपेटिका संकलन गरी मतगणना गर्ने र नतिजा प्रकाशन गर्ने तयारी गरिएको छ।