
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, १६ फागुन । पोखराका सहकारी पीडितहरूले शुक्रबार नेपाली कांग्रेसका सभापति गगन थापालाई ज्ञापनपत्र बुझाएका छन्। कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न अमरसिंह मैदान पुगेका थापालाई पीडितहरूले सभास्थलमै पुगेर ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्। सहकारी बचतपीडित संघर्ष समिति कास्कीका संयोजक किरण श्रेष्ठ लगायतले यो ज्ञापनपत्र बुझाएका थिए।
ज्ञापनपत्रमार्फत पीडितहरूले फागुन २१ पछि बन्ने सरकारले बचत फिर्ताको ग्यारेन्टी दिनुपर्ने र सहकारी ठगीमा संलग्न सबैलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। संयोजक श्रेष्ठले भने, ‘हामी धेरै पीडित भएर बाँचेका छौं। उहाँ (गगन थापा) प्रधानमन्त्री भएको अवस्थामा समस्या समाधान होला भन्ने आशासहित ज्ञापनपत्र बुझाएका हौं।’
चुनावी माहोल तात्तिएको बेला राजनीतिक मञ्चहरूमा सहकारी ठगी काण्ड फेरि चर्चाको केन्द्र बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवनको आमसभामा नेपाली कांग्रेसका सभापति गगन थापाप्रति कटाक्ष गर्दै सहकारी ठगीको ‘प्रमाण’ मागेका थिए। उनले आफूमाथि आरोप लागेको ६५८ दिन बितिसकेको भन्दै ‘प्रमाण छ भने देखाऊ’ भनेका थिए।
तर ठीक त्यही दिन संयोगले पोखरामा सूर्यदर्शन सहकारीका पीडितहरूले गगन थापालाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । अमरसिंह मैदानमा कांग्रेसको चुनावी सभामा पुगेर सहकारी बचतपीडित संघर्ष समिति कास्कीका संयोजक श्रेष्ठ लगायतले थापालाई ज्ञापनपत्र बुझाएका हुन् ।
रास्वपाका सभापति लामिछानेका व्यवसायिक साझेदार जीबी राईसहितको टोलीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको नाममा पोखरा र आसपासका हजारौं बचतकर्ताहरुको लाखौं रुपैयाँ ठगी गरेको थियो । सहकारीका पूर्वअध्यक्ष समेत रहेका गीतेन्द्रबहादुर राई (जिबी राई) लगायतको टोली हालसम्म पनि फरार रहेको छ ।
प्रहरी अनुसन्धानमा कुल बिगो करिब १ अर्ब ५१ करोड बढी देखिएको छ। सरकारी वकिल कार्यालयले ६३ जना व्यक्ति तथा संस्थाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ, जसमा सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग पनि छन्।
रास्वपाका सभापति लामिछाने पनि यो मुद्दामा मुछिएका छन्। उनलाई सूर्यदर्शनबाट ३ करोड ३७ लाख ६५ हजार अपचलन गरेको आरोप लागेको छ, जसमा गोर्खा मिडिया नेटवर्कमा रकम गएको दाबी छ। कास्की जिल्ला अदालतले उनलाई ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो।
अन्य प्रतिवादीहरू जस्तै पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख, ज्ञानबहादुर बम्जनलाई १० लाख जस्ता धरौटी तोकिएका छन्। मुद्दामा थुनछेक बहस, बयान र आदेशहरू क्रमशः जारी छन्। हालसम्म धेरै प्रतिवादीहरूलाई धरौटीमा रिहा गरिएको छ, तर मुद्दा विचाराधीन नै छ। उच्च अदालतमा पनि केही निवेदनहरू पुगेका छन्, जसमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता लिने प्रयासलाई अदालतले अस्वीकार गरेको छ।
पीडितहरूले विभिन्न दल र उम्मेदवारहरूसँग निरन्तर दबाब दिइरहेका छन्। उनीहरूको मुख्य माग बचत फिर्ता र दोषीमाथि कारबाही नै हो। चुनावको समयमा यो घटनाले सहकारी ठगीलाई राजनीतिक मुद्दा बनाएको छ। फागुन २१ पछिको सरकारले पीडितहरूको यो आशालाई कसरी सम्बोधन गर्छ, त्यसले सहकारी क्षेत्रको विश्वास र पीडितहरूको भविष्य निर्धारण गर्नेछ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा