
१पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
४समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
५संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
६‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
७लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
८बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
९आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१०अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
११राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१२राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१०जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
सन्तोष गौतम
म्याग्दी । पहिरोमा श्रीमती, दुई छोरी, बस्ने घर र खेतीयोग्य जमिन गुमाएपछि धौलागिरि गाउँपालिका–६ मराङको रिखका धनबहादुर जुग्जालीका परिवारको बास गत असार महिनादेखि अस्थायी टहरामा छ ।
दुई जना छोरा–छोरी सहित आरबाङ बनाइएको टहरामा बस्दै आएका मृगौलाका रोगीसमेत रहेका धनबहादुर आगामी बर्खा शुरु नहुदै ओत लाग्ने बास पाए हुन्थ्यो भन्ने आशामा हुनुहुन्छ । “पहिरोले परिवारका तीन सदस्य, घर र खेतबारी सबै बगाएर सुकुम्बासी बनायो”, जुग्जालीले भन्नुभयो, “हिउँद शुरु भइसक्यो तर हामी पहिरो पीडितका लागि सरकारले घोषणा गरेको सुरक्षित आवास निर्माणको सुरसार नहुँदा आउने बर्खा पनि टहरामै बित्ने होकी भन्ने चिन्ताले सताएको छ ।”
मालिका गाउँपालिका–७ बिमका इन्द्र केसीकी एक छोरीलाई बेपत्ता बनाएको गत असार २६ गतेको पहिरोले खेतबारीसहित घर पनि बाँकी राखेन् । केसी घर बनाउने सुरक्षित ठाउँ र जग्गाको खोजीमा हुनुहुन्छ । “भएको जग्गा जमिन पहिरोले सखाप बनायो”, उहाँले भन्नुभयो, “छिमेकीको खाली घरको कोठामा बस्न थालेको पनि धेरै भयो । आफ्नो घर बनाउने न आर्थिक स्रोत छ नत जग्गा जमिननै ।”
रिखाका धनबहादुर र बिमका इन्द्रजस्तै गत बर्खामा घरबास गुमाएका, जोखिममा परेका बस्तिका म्याग्दीका पहिरो पीडित सुरक्षित आवासको प्रतीक्षामा छन् । पहिरोले क्षति पु¥याएका खानेपानी, लघु जलविद्युत् परियोजना, सडक, पैदलमार्ग, सार्वजनिक भवनलगायत संरचनाको पुनःनिर्माणको मुद्दा पनि पछिल्लो विकसित राजनीतिक घटनाक्रमले ओझेलमा परेको छ ।
जोखिमयुक्त ठाउँको भूगर्भविद्को टोलीबाट अध्ययन, सुरक्षित ठाउँको पहिचान, पीडितको पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माणको काम अन्यौलमा परेको छ । चालु आर्थिक वर्ष २०७७÷७८ मा पूँजीगत शीर्षकमा रु १२ करोड ६५ लाख बजेट विनियोजन गरेको धौलागिरि गाउँपालिकामा पहिरो पीडितको पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि कम्तीमा रु २६ करोड बजेट आवश्यक पर्ने प्रारम्भिक प्रतिवेदन तयार भएको छ ।
पहिरोलगत्तै उद्धार, राहत, अस्थायी बसोबास, क्षतिग्रस्त विद्युत्, खानेपानी, सडक मर्मतमा एक करोड रुपैयाँ भन्दा बढी खर्चिसकेको गाउँपालिकाले घरबास गुमाएकाको पुनर्वास योजनाका लागि समुदायस्तरबाट सङ्कलित रु ५० लाखसहित रु ९९ लाख छुट्टाएको छ ।
“बाडिसकेको बजेट संसोधन गर्न पहल गरे पनि सफल भएन”, अध्यक्ष थमसरा पुनले भन्नुभयो, “हाम्रो सबै बजेट खनाए पनि पीडितको पुनःस्थापना र पुनःनिर्माण गर्न पुग्दैन । कहाँबाट स्रोत जुटाउने चिन्ताले पिरोलिएका छौँ ।” धौलागिरिमा मात्र नभएर यसपालिको बर्खामा बाढी, पहिरो र कटानबाट ठूलो जनधनको क्षति ब्यहोरेका म्याग्दीका स्थानीय तहका जनप्रतिनिधि स्रोत अभावमा पिरोलिएका छन् ।
“सङ्घीय सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर सहयोग गर्ला भन्ने आशा थियो”, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले भन्नुभयो, “मृतकका परिवारलाई राहत दिनेबाहेक सङ्घ सरकारले कसरी पुनःनिर्माण र पुनःस्थापना गर्ने भन्ने योजना र कार्यविधिनै बनाएन । हाम्रो क्षमताले भ्याउदैन ।” बजेट अभावका कारण अन्यौल देखिएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका बताउनुहुन्छ । पुनःनिर्माण र पुनःस्थापनाका लागि आवश्यक अर्बौं बजेट व्यवस्थापनका लागि स्रोत नहुँदा अलमलमा परेको उहाँले बताउनुभयो । ।
चालु आवको बजेट विनियोजन र बाँडफाँट भइसकेपछि सिर्जित विपद् व्यवस्थापनका लागि थप स्रोतका लागि प्रदेश र सङ्घ सरकारले प्रस्ताव गरेको धौलागिरिका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । म्याग्दीका स्थानीय तहहरुले कोरोना भाइरसको महामारी नियन्त्रण, व्यवस्थापनसँगै प्राकृतिक विपद् व्यवस्थापन कोषमा चालु आवमा रु सात करोड २७ लाख १३ हजार विनियोजन गरेका छन् । क्षति र प्रारम्भिक सर्वेक्षणअनुसार स्थानीय तहहरुले सबै पूँजीगत बजेट रकमान्तरण, शीर्षकान्तर गरे पनि नपुग्ने देखिन्छ ।
गत असार महिनायताको पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले ८१ वटा बस्तीका घर स्थानान्तरण गर्न गृहमन्त्रालयमा सिफारिस गरिएको बताउनुभयो ।
पालिकाका जनप्रतिनिधि, प्राबिधिक, कर्मचारी र जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै टोलीले गरेको स्थलगत अध्ययनपछि जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिले एकमुष्ट प्रतिवेदन तयार पारेको थियो । “पूर्ण क्षति भएका, जोखिमयुक्त र स्थानान्तरण गर्न प्रस्तावित ठाउँको भौगर्भिक टोलीबाट अध्ययनका लागि सिफारिस गरेका हौँ”, प्रजिअ अधिकारीले भन्नुभयो, “भूगर्वविद्को टोलीले जोखिम र सुरक्षित ठाउँ पहिचान गरेपछि पुनःस्थापनाको बाटो खुल्छ ।”
धौलागिरि गाउँपालिकाको १५ वटा बस्तीका २०९ घर, मालिकाको २२ वटा बस्तीका ३७५ घर र अन्नपूर्णका आठ वटा बस्तीका १३७ घर स्थानान्तरण गर्न सिफारिस भएको छ । यस्तै मङ्गलाका नौ बस्तीका १००, रघुगङ्गाको १५ बस्तीका १६१ र बेनी नगरपालिकाको १२ बस्तीका ८६ घर पुननिर्माण र अन्यत्र सार्न सिफारिस गरिएको छ ।
गत बर्खामा म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु र छ जना बेपत्ता भएका छन् । पहिरो, कटान र बाढीले क्षति पु¥याएका भौतिक संरचनाको समेत क्षति विवरण सङ्कलन गरेर पुनःनिर्माणका लागि प्रदेश तथा सङ्घ सरकारका सम्बद्ध मन्त्रालयमा सिफारिस गरिएको हो ।
बेनी नगरपालिकाबाहेक पाँच वटा स्थानीय तहका १०६ वटा सडक पहिरोले क्षति पुगेको छ । चौरासी वटा खानेपानी, ४६ वटा सिचाई, ३१ वटा कृषि तथा पशुपंक्षी फार्म, ३१ वटा विद्यालय, १७ वटा लघुजलविद्युत्, आठ वटा सामुदायिक भवन, सात वटा स्वास्थ्य संस्थामा क्षति पुगेको विवरण तयार भएको छ ।
टहरा, त्रिपाल, आफन्त र छिमेकीको घरमा बसेका विस्थापित सुरक्षित बासको आशामा छन् । लागत अनुमान तयार पारेर तीनै तहका सरकारले डुब्लीकेशन नहुने गरेर विश्व बैंकबाट लिएको ऋणबाट पुनःस्थापना र पुनःनिर्माण योजना सञ्चालन गर्ने तयारी गरेको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताउनुभयो ।
सङ्घ सरकारले विपद् प्रभावितको पुनःस्थापना र पुनःनिर्माणका लागि विश्व बैंकबाट रु छ अर्ब ऋण लिएको छ । कार्यविधि बनाएर सो ऋणबाट पुनःस्थापना र पुनःनिर्माण योजना सञ्चालन गरिने मन्त्री गुरुङले बताउनुभयो । “यसपालिको बाढी, पहिरोले गण्डकी प्रदेशमा ठूलो जनधनको क्षति पुगेको छ । पालिका र प्रदेशको क्षमताले पुनस्थापना र पुनःनिर्माण सम्भव देखिँदैन”, उहाँले भन्नुभयो “पाल र टहरामा भएका नागरिकलाई जति सक्दो छिटो सुरक्षित घर, जोखिमयुक्त बस्ती स्थानान्तरण र क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माणलाई प्रभावकारी बनाउन छुट्टै एकाइ आवश्यक छ ।”
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ