
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा ६८० जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कूल संक्रमितको संख्या ७३ लाख ७ हजार नाघेको छ ।
पछिल्लो चौबीस घण्टामा भारतमा ६७ हजार ७०८ जना नयाँ संक्रमित भेटिएका छन् ।
मन्त्रालयका अनुसार हाल ८ लाख १२ हजार ३९० जना सक्रिय संक्रमित अवस्थामा छन् भने ६३ लाख ८३ हजार ४४२ जना निको भएका छन् । कोरोना संक्रमितको निको हुने दर भारतमा निकै उत्साहप्रद रहे पनि हालसम्म १ लाख ११ हजार २६६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यसैबीच, भारतमा सर्वाधिक असर परेको महाराष्ट्र राज्यमा एक लाख ९६ हजार ७६१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित बिरामी रहेका छन् । महाराष्ट्रमा हालसम्म ४० हजार ८५९ जनाको ज्यान गइसकेको छ । यहाँ १३ लाख १६ हजार व्यक्ति निको भएका छन् ।
अर्को सर्वाधिक असर परेको कर्नाटक राज्यमा एक लाख १६ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् । यस राज्यमा हालसम्म १० हजार १९८ जनाको मृत्यु भएको छ ।
केरला राज्यमा भने १ हजार ६६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार यहाँ २ लाख १५ हजार व्यक्ति निको भएका छन् भने ९३ हजार ९२५ जना अझै सक्रिय संक्रमित अवस्थामा छन् ।
आन्ध्र प्रदेशमा ६ हजार ३१९ जनाको मृत्यु भइसकेको छ भने अझै ४१ हजार ६६९ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । त्यस्तै पाँच हजार ८९८ जनाको मृत्यु भएको नयाँदिल्लीमा २१ हजार ९०३ जना सक्रिय संक्रमित छन् ।
यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा ९ करोडभन्दा बढी कोरोना परीक्षण गरिएको जनाएको छ । (रासस–एएनआई)
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा