
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
लमजुङ, १० वैशाख । बेँसी आइपुगेर घुम्ती भेडीगोठमा रहेका भेडाका बथान यतिबेला चरणका लागि लेक तथा हिमाली भेगतर्फ जान थालेका छन् । चिसो मौसम सुरु भएसँगै चरणमा समस्या आउन थालेपछि बेँसी झेरका भेडाका बथान गर्मी सुरु भएसँगै लेक तथा हिमाली भेगतर्फ जान थालेका हुन् ।
जिल्लाका घुम्ती गोठका गोठालाहरूले आ–आफ्ना भेडाका बथान यतिबेला लेक तथा उच्च खर्कतिर लैजान थालेका यहाँस्थित पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा सुनिल न्यौपानेले बताउनुभयो । जिल्लामा सानाठूला गरेर तीन सय भन्दा बढी घुम्ती भेडीगोठ रहेका जनाउँदै ती बेँसीबाट लेक जान थालेका उहाँले बताउनुभयो ।
कार्यालयका अनुसार भुजुङ, सिउरुङ, घलेगाउँ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायत ग्रामीण क्षेत्रमा भेडीगोठ छन् । हिमाली भेगहरूबाट चिसो छल्न बेँसी झेरेका भेडीगोठ पुनः लेकतिर पुग्न थालेका छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौली चलन तथा पेसाका रूपमा भेडीगोठलाई हेरिन्छ ।
भेडी गोठाला कमल अधिकारीले भन्नुभयो, “चिसो मौसममा बेँसी झारिएका भेडी गोठ पुनः लेकतर्फ लैजान थालेका छौँ । केही समयमा हिमालको काखमा रहेको ठूले लेकमा पुग्ने छौँ ।” उहाँले गर्मी यामको छ महिना लेक र चिसो यामको छ महिना बेँसीमा भेडीगोठ राख्ने गरिएको जानकारी दिनुभयो ।
लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङका ५२ वर्षीय भेडी गोठाला दुरजङ गुरुङले चिसो छल्न बेँसी झारेका भेडीगोठ फागुन लागेसँगै लेकतर्फ लगेको भन्दै यतिबेला लमजुङ र गोरखाको सिमना चेपेखोलाको शिरमा पुगेका जानकारी दिनुभयो । बेँसीबाट भेडाबाख्रा चराउँदै श्रीमञ्जाङबाट ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्कतर्फ लागेका छन् । उहाँका अनुसार भेडी गोठमा सानाठूला भेडा तथा बाख्रा गरेर आठ सयभन्दा बढी छन् ।
चिसो छल्न गाउँ आइपुगेका पसगाउँको भेडीगोठका बथान यतिबेला क्युबे–ल्हेदेतर्फ पुग्न थालेका स्थानीयको भनाइ छ । जिल्लाको उत्तरी ताघ्रिङका भेडीगोठ यतिबेला थुर्जुलेक खर्कतिर पुग्न थालेको छन् । लमजुङका भेडीगोठहरू लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायत ठाउँसम्म पुग्ने गरेका भेडीगोठाला बताउँछन् ।
बेँसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग हुने बताउँदै पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा न्यौपानेले भेडाको ऊन निकालेर राडीपाखी, बख्खुलगायत सामग्री बनाइने जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर २३ हजार भेडाबाख्रा छन् ।
वार्षिक १० हजार किलो ऊन निस्कने र ऊन प्रतिकिलो रु तीन सयमा बिक्री हुने न्यौपानेले जानकारी दिनुभयो । वार्षिक एक सय ६० मेट्रिक टन भेडाको मासु उत्पादन हुन्छ । मासु बिक्रीबाट रु आठ करोड आम्दानी हुने गरेको केन्द्रले जनाएको छ ।
वार्षिक घुम्ती भेडीगोठमा रहेका बाख्राको मासु एक सय २० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार २०० मेट्रिक टन मासु उत्पादन हुँदा रु ६० करोड आम्दानी हुँदै आएको केन्द्रका निमित्त प्रमुख डा न्यौपानेले जानकारी दिनुभयो ।
जिल्लामा वार्षिक रु ६० करोड आम्दानी हुँदै आए पनि पछिल्लो पुस्ताले बेवास्ता गर्दा परम्परागत रूपमा रहेको भेडीगोठ लोप हुने अवस्थामा पुग्न थालेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । जिल्लामा अधिकांश गुरुङ समुदायका बस्तीमा अझै पनि भेडाको ऊनबाट विभिन्न सामग्री बनाएर बिक्री गर्ने तथा प्रयोग गर्ने प्रचलन कायम छ ।
यो पेसा विशेष गरी अग्रज पुस्तामा मात्र सीमित हुँदा परम्परागत परम्परा लोप हुने अवस्थामा पुगे उहाँहरूको गुनासो छ । यहाँ उत्पादित भेडाको ऊन र ऊनबाट बनाइएका विभिन्न सामग्रीको बजारमा उच्च माग रहेको छ ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा