
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
पोखरा, १८ वैशाख । पोखराको व्यस्त सहर नागढुंगाको एउटा होटलमा भएको हत्याकाण्ड र त्यसपछि प्रहरीको लामो अनुसन्धानपछि पक्राउ परेका एक अपराधीले ‘जेनजी आन्दोलन’ को आडमा जेल तोडेर फेरि अर्को हत्याकाण्ड मच्चाएको घटनाले सिंगो सुरक्षा संयन्त्रको कार्यक्षमतामाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ।
तनहुँ भीमादकी सुकु विकको निर्मम हत्या गरी जन्मकैदको सजाय भोगिरहेका २९ वर्षीय सञ्जय विक पोखरा कारागार तोडेर भागेपछि नवलपुरमा अर्को परिवारमाथि बज्रपात आइलाग्यो। जेल तोडेर फरार भएका सञ्जयले आफूलाई ‘सुरक्षित’ ठानेनन्, बरु झन् हिंस्रक बने। भदौमा फरार भएका उनले २०८२ चैत २३ गते नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली टाँगीकोट टोलमा अर्को जघन्य अपराध गरे।
७५ वर्षीय जिउनराम थनेत र उनकी ७१ वर्षीया श्रीमती गुलबसनिया थनेत सुतिरहेको अवस्थामा सञ्जयले टाउकोमा प्रहार गरेर लुटपाट मच्चाए। सो घटनामा गम्भीर घाइते भएका जिउनरामको उपचारका क्रममा चितवनमा मृत्यु भयो। कारागारबाट भागेको सात महिनाभित्रै एउटा परिवार उजाडिएपछि प्रहरीका लागि सञ्जय पक्राउ गर्नु ‘इज्जतको विषय’ बनेको थियो।
२०८० मंसिर ५ गते पोखराको नागढुंगास्थित युनिक होटलमा ३८ वर्षीया सुकु विकको घाँटी थिची हत्या भएको थियो। यौन सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा भएको सो हत्यापछि अभियुक्त सञ्जय सुनका गरगहना लुटपाट गरी फरार भएका थिए। लामो र जटिल अनुसन्धानपछि प्रहरीले उनलाई २०८१ साउनमा पक्राउ गरेको थियो। कास्की जिल्ला अदालतले २०८२ जेठ २७ गते उनलाई जन्मकैद र ७० हजार जरिवानाको फैसला सुनाएको थियो।

तनहुँ भीमादकी सुकु विकको निर्मम हत्या गरी जन्मकैदको सजाय भोगिरहेका सञ्जय विक, जसले जेलबाट भागेर फेरि अर्को हत्या गरे ।
तर, न्यायको कठघरामा पुगिसकेका अपराधीलाई नियन्त्रणमा राख्न राज्य असफल भयो। भदौ २४ गते ’जेनजी आन्दोलन’ को मौका छोपी पोखरा कारागारका अन्य कैदीहरूसँगै सञ्जय पनि फरार भए।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले लामो खोजीपछि वैशाख १५ गते सञ्जयलाई पक्राउ गर्न सफल भयो। उनी काठमाडौंमा केटी साथी बनाएर तिनकै आफन्तको घरमा लुकिछिपी बसेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार, सञ्जयले फरार रहँदाका अवधिमा विभिन्न स्थानमा डाँकाचोरी र यौनजन्य क्रियाकलापमा आफूलाई संलग्न गराउँदै आएका थिए। हाल उनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
यस अगाडि पनि विक चोरी र अभद्र व्यवहार कसुरमा पक्राउ परेका थिए । २०७२ असार १९ गते जिप्रका कास्कीमा चोरी कसुरमा मुद्दा चलाइएको थियो । त्यस्तै २०७३ भदौं १ गते वडा प्रहरी कार्यालय बैदामले अभद्र व्यवहार कसुरमा मुद्दा चलाएको प्रहरी अभिलेखमा देखिएको छ ।
‘जेनजी आन्दोलन’का क्रममा देशभरका कारागारहरू असुरक्षित बन्दा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको जीवनमा परेको छ। जेल फोडेर भागेका कैदीहरूले पुनः अपराधमा संलग्न हुँदा सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने कुरा छर्लङ्ग भएको छ। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट मात्रै ७ सय ७३ जना कैदीबन्दी भागेका थिए। तीमध्ये १ सय ३० जना अझै पनि प्रहरीको पहुँचभन्दा बाहिर छन्।
फरार रहेकामध्ये ६ जना गम्भीर प्रकृतिका अपराध (हत्या, डाँका, बलात्कार)मा संलग्न दोषीहरू छन्। जेलबाट भागेका कैदीहरूले देशभरि नै हत्या, लागु औषधको ओसारपसार, चोरी र लुटपाट जस्ता घटनाहरूलाई निरन्तरता दिइरहेका छन्।
कास्की कारागारका निमित्त प्रशासक झंकनाथ पौडेलका अनुसार, गम्भीर अपराधीहरू फरार रहनु समाजका लागि ठूलो सुरक्षा थ्रेट हो। सञ्जय विक प्रकरण यसको एउटा प्रतिनिधि उदाहरण मात्र हो, जसले जेल सुरक्षा प्रणालीलाई पुनः संरचना गर्नुपर्ने दबाब सिर्जना गरेको छ।
देशभरिबाट कति कैदीबन्दी भागे र कति फर्किए भन्ने यकिन तथ्याङ्क गृह मन्त्रालयको अनुसन्धानको दायरामा रहे पनि, फरार कैदीहरूका कारण भएका शृङ्खलाबद्ध अपराधले आम नागरिकलाई त्रसित बनाइरहेको छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी