
१लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
३रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
४प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
५रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
६रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
९सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा, ५ कार्तिक । कस्केली अधिकृत समाजले एक समारोहका बीच आज रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समसामयिक विभिन्न विषयमा स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा सरुभक्तले कविताको वास्तविक मूल्य नै शाश्वत मूल्य भएको बताउनुभयो ।
नेपालमा साहित्यकारहरू समाज र राष्ट्रका लागि सिर्जना गर्नुपर्छ भन्ने भावनाका साथ कृयाशिल बनिरहेको बताउँदै उहाँले साहित्य तथा वाङ्मयको सेवामा अधिकृतहरूले आआफ्ना तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले साहित्य आँफैंमा महत्वपूर्ण पक्ष भएको बताउँदै यसले सेवा निबृत्त जीवनलाई पनि सिर्जनात्मक बनाउने बताउनुभयो । कार्यक्रम संयोजक बसन्त चालिसेले समाजले अन्य विभिन्न गतिविधिसँगै रचना वाचनका माध्यमबाट साहित्यिक गतिविधि अघि बढाएको बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका गडा नं ३ का वडा अध्यक्ष प्रकाशमान उदास, सल्लाहकार शिवप्रसाद पराजुली लगायतले बोल्नुभएको थियो ।
समाजका अध्यक्ष सुवेदीको सभापतित्व एवम् सचिव महेश पौडेलको सञ्चालन र कार्यक्रम संयोजक वसन्त चालिसेले स्वागत गर्नुभएको कार्यक्रममा समाजका सल्लाहकार एवम् अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष दुर्गाबहादुर शाह ʿबाबाʾ, सल्लाहकारहरू शिवप्रसाद पराजुली, शिवहरि शर्मा, देबेन्द्र केसी(देबु), उपाध्यक्ष लोकनाथ दवाडी, गण्डकी साहित्य संगमका सचिव भीमबहादुर रानाभाट(ज्यालादारी), गण्डकी बाङ्मय समाजका अध्यक्ष डा.कृष्णराज अधिकारी, जिल्ला समन्वय अधिकारी नवराज बराल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, रामचन्द्र आचार्य, चन्द्रावती वाग्ले, भगवती बञ्जारा, शिवप्रसाद गौतम, रुजिन्द्र तुलाचन लगायतले कविता, कथा, मुक्तक लगायतका रचना वाचन गर्नुभएको थियो ।
रचना वाचनका सहभागीलाई सरुभक्त, समाजका अध्यक्ष सुवेदी लगायतले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए