
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
नुवाकोट, १६ भदौं । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। भदौ १० गते बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएकाहरूको ठूलो संख्यामा शव एउटै घरभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिएका छन्।
एसपी रेग्मीका अनुसार शवको संख्या अझै यकिन हुन सकेको छैन। ‘बेत्रावतीस्थित एउटै पुरिएको घरमा धेरै वटा शव एउटै कोठाभित्र फेला परेको छ। पानी परेको र राति भइसकेकाले शव कतिवटा छन् भन्ने एकिन भने भइसकेको छैन,’ उनले भने। विश्वस्त स्रोतबाट प्राप्त तस्वीरमा करिब दुई दर्जन शव एउटै कोठाभित्र असरल्ल अवस्थामा देखिएका छन्।
विदुर नगरपालिकाका वडा सदस्य मंगल तामाङले उक्त घरमा २२ वटा शव रहेको बताए। ‘आज २२ जनाको शव एउटै घरमा फेला पर्यो। घण्टी घरभन्दा माथिको ठूलो घरमा हो। ड्रोन पठाएर हेर्न आग्रह गरेका थियौं,’ तामाङले भने। आज थप सुरक्षाकर्मीसहितको टोली घरमा पुग्दा ठूलो संख्यामा शव भेटिएको उनले जनाए। ‘यो घरबाट आज पाँच–छ वटा शव निकालियो। अरू त्यहीँ छन्। अस्ति र हिजो प्रयास गर्दा नसकिएको थियो। आज सशस्त्र प्रहरी गएपछि धेरै भेटियो। १६ वटा शव अझै त्यहीँ छन्। धेरै शव चिन्न नसक्ने अवस्थामा छन्,’ उनले थपे। प्रहरीका अनुसार मंगलबार बिहान उक्त घरमा पुनः उद्धार र खोजको काम अघि बढाइनेछ।
रसुवा बाढीबाट सोमबार रातिसम्म ९७४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। राति आठ बजेसम्म फेला परेका शवमध्ये २८ बालक, ३५ बालिका, २०९ महिला र ३८२ पुरुष छन्। यसैगरी ३२० शवको आंशिक अंग मात्र भेटिएको छ। हालसम्म ९२७ शवको लासमुचुल्का भएको र ५१ शव परिवारलाई हस्तान्तरण गरिएको प्रहरीले जानकारी दिएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति