
१बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५तिब्बतर्फ ताल पुन: फुट्यो
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
९पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
नुवाकोट, १६ भदौं । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। भदौ १० गते बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएकाहरूको ठूलो संख्यामा शव एउटै घरभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिएका छन्।
एसपी रेग्मीका अनुसार शवको संख्या अझै यकिन हुन सकेको छैन। ‘बेत्रावतीस्थित एउटै पुरिएको घरमा धेरै वटा शव एउटै कोठाभित्र फेला परेको छ। पानी परेको र राति भइसकेकाले शव कतिवटा छन् भन्ने एकिन भने भइसकेको छैन,’ उनले भने। विश्वस्त स्रोतबाट प्राप्त तस्वीरमा करिब दुई दर्जन शव एउटै कोठाभित्र असरल्ल अवस्थामा देखिएका छन्।
विदुर नगरपालिकाका वडा सदस्य मंगल तामाङले उक्त घरमा २२ वटा शव रहेको बताए। ‘आज २२ जनाको शव एउटै घरमा फेला पर्यो। घण्टी घरभन्दा माथिको ठूलो घरमा हो। ड्रोन पठाएर हेर्न आग्रह गरेका थियौं,’ तामाङले भने। आज थप सुरक्षाकर्मीसहितको टोली घरमा पुग्दा ठूलो संख्यामा शव भेटिएको उनले जनाए। ‘यो घरबाट आज पाँच–छ वटा शव निकालियो। अरू त्यहीँ छन्। अस्ति र हिजो प्रयास गर्दा नसकिएको थियो। आज सशस्त्र प्रहरी गएपछि धेरै भेटियो। १६ वटा शव अझै त्यहीँ छन्। धेरै शव चिन्न नसक्ने अवस्थामा छन्,’ उनले थपे। प्रहरीका अनुसार मंगलबार बिहान उक्त घरमा पुनः उद्धार र खोजको काम अघि बढाइनेछ।
रसुवा बाढीबाट सोमबार रातिसम्म ९७४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। राति आठ बजेसम्म फेला परेका शवमध्ये २८ बालक, ३५ बालिका, २०९ महिला र ३८२ पुरुष छन्। यसैगरी ३२० शवको आंशिक अंग मात्र भेटिएको छ। हालसम्म ९२७ शवको लासमुचुल्का भएको र ५१ शव परिवारलाई हस्तान्तरण गरिएको प्रहरीले जानकारी दिएको छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ