
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौं, ५ भदौ । पत्रकारितामार्फत सहकारी क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै राजधानी दैनिकका समाचार सम्पादक अमृतनाथ तिमिल्सिनालाई नेफ्स्कुन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।
नेफ्स्कुनको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित केन्द्रीय कार्यक्रममा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। सहकारी क्षेत्रको विकास, प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्रमा यसको योगदानबारे निरन्तर कलम चलाएकोमा तिमिल्सिनालाई सम्मान गरिएको नेफ्स्कुनले जनाएको छ।
ललित सन्देश, रेडियो ललितपुर र दिनहुँ दैनिक हुँदै हाल राजधानी दैनिकमा कार्यरत तिमिल्सिनाले पत्रकारितामार्फत सहकारी क्षेत्रका गतिविधि, समस्या र सम्भावनालाई निरन्तर प्राथमिकताका साथ उठाउँदै आएका छन्।
स्थापना दिवसका अवसरमा काठमाडौंमा केन्द्रीय तथा सातवटै प्रदेशमा क्षेत्रीय कार्यक्रम एकसाथ आयोजना गरिएको थियो। कार्यक्रममा सहकारी क्षेत्रको विकासमा विभिन्न विधाबाट उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
नेफ्स्कुन जीवनपर्यन्त निष्पादन सम्मानबाट स्वर्गीय कैलाशभक्त प्रधानाङ्गलाई मरणोपरान्त सम्मान गरिएको थियो। त्यस्तै, संस्थापक अध्यक्ष पुरस्कारबाट भूमिराज खड्का र नेफ्स्कुन विद्वत्ता सम्मानबाट डा. रुपा जोशी सम्मानित भए।
संस्थागततर्फ सर्वोत्कृष्ट संघका रूपमा रौतहट जिल्ला बचत संघ तथा सर्वोत्कृष्ट साकोसका रूपमा मध्यनेपाल साकोसलाई पुरस्कृत गरिएको थियो। महिला विधातर्फ मकवानपुरको महिला सेवा साकोसलाई सम्मान प्रदान गरिएको थियो।