News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

एस्टन भिल्लासँग ३-० को अन्तरले हार्यो एभरटन

काठमाडौं । प्रिमियर लिगमा एस्टन भिल्लाले एभर्टनमाथि ३-० को शानदार जित हात पारेको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा एस्टन भिल्लाका लागि म्याटी क्रस र लियोन बेलीले एक-एक गोल गरे । एभरटनका लुकास डिनेले एक आत्मघाती गोल गरे ।

एस्टन भिल्लासँग हारेपछि एभरटनको यस सिजन चार खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ । खेलको ६६ औं मिनेटमा म्याटी क्यासले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए । त्यसको ट्टीन मिनेटपछि बेलीको कर्नरमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गरेपछि एस्टन भिल्लाले २-० को अग्रता बनायो ।

त्यसपछि ७५ औं मिनेटमा लियोन बेलीले गोल गर्दै एस्टन भिल्लालाई ३-० को जित दिलाए । जितपछि ५ खेलबाट ७ अंक जोडेको एस्टन भिल्ला दशौँ स्थानमा उक्लेको छ । पहिलो हारपछि एभर्टन भने १० अंकसहित पाँचौं स्थानमा छ ।

प्रतिक्रिया