News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द

धादिङ, २६ असोज । धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा पृथ्वी राजमार्गअन्तर्गत सडक मर्मत गर्न सोमबार राति ६ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।

त्रिशूली नदीको कटानले भासिएको सडकलाई मर्मत गरी दुईतर्फी सञ्चालनमा ल्याइसकिएको भए पनि थप मर्मतका लागि सडक बन्द गर्नुपरेको हो। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार सोमबार राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन निषेध गरिनेछ।