
१जंगलमै पाँच साता बास बसेर सोवाङधुरीसम्म पदमार्ग तयार
२दबाब र प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न आईजिपीको निर्देशन
३सहकारी ठगी कसुरमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय फैसला
४भारत भ्रमणमा राष्ट्रिय हित र रणनीतिक आर्थिक साझेदारीलाई प्राथमिकता दिन सुझाव
५२२ करोडको हेरोइनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ
६सराङकोट बालसुधार गृहबाट फरार बालबन्दी १८ घण्टामैं पक्राउ
७तराईबाट राष्ट्रिय आस्थाको पर्व बनेको छठले आध्यात्मिक आकर्षण बढाउँदै
८अध्यक्षसहित दुई सदस्य समितिमा बस्न नमानेपछि समितिलाई नयाँ स्वरूप दिने तयारी
९इनमसँग शंकास्पद कारोबार देखिएका कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
१०डीडीसीको करोडौं अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
११कांग्रेस देउवा पक्षको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते पोखरामा हुने
१२रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
८नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
९‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
१०पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
११डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
१२आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
पोखरा, १९ असोज । सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ निर्वाचित भएका छन्। क्लबको वार्षिक साधारण सभा तथा पदस्थापना समारोहबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठसहित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। निवर्तमान अध्यक्ष देवेन्द्र पराजुलीले श्रेष्ठलाई पदभार हस्तान्तरण गरेका थिए। निर्वाचन संयोजक इन्दिरा मर्सानी श्रेष्ठको संयोजनमा नयाँ नेतृत्व चयन गरिएको हो।
समारोहमा गैरसरकारी संस्था महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष पदम पहारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, सल्लाहकार समिति संयोजक सचिन श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रदीप राज वन्त लगायत विभिन्न संघसंस्था तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले सिद्धार्थ क्लबलाई सेवा, सहकार्य, सद्भाव र सामाजिक उत्तरदायित्वको अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले क्लबको विधान, नीति, नियम र मूल्य–मान्यतालाई आत्मसात् गर्दै पारदर्शिता, अनुशासन र प्रतिबद्धताका साथ काम गर्ने बताए। विसं २०४१ मा स्थापना भएको क्लबले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका सशक्तीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन र सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
अध्यक्ष श्रेष्ठले आफू विसं २०७४ भदौ १० गते क्लबको सदस्यका रूपमा प्रवेश गरेको स्मरण गर्दै अध्यक्षको जिम्मेवारी पदभन्दा पनि सदस्य तथा शुभेच्छुकहरूले दिएको विश्वास, सम्मान र थप जिम्मेवारी भएको बताए। उनले आगामी कार्यकालमा समाजको आवश्यकता पहिचान गरी प्रभावकारी, परिणाममुखी र दिगो कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

सिद्धार्थ क्लब पोखराका नवनिर्वाचित अध्यक्ष सुनिल श्रेष्ठ ।
सिद्धार्थ क्लबले हालै भोटेकोसी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि रु. ५ लाख २० हजार ३३६ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी कार्यक्रममा दिइयो। अध्यक्ष श्रेष्ठले विपद्का समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि आवश्यकताअनुसार राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने बताए।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालको सुरुवातमै बालबालिकाको शिक्षाका लागि रु. २ लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन्। उनले आफ्ना स्वर्गीय बुबा डिलबहादुर श्रेष्ठको स्मृतिमा ‘स्वर्गीय डिलबहादुर श्रेष्ठ स्मृति अक्षय कोष’ स्थापना गर्ने घोषणा गरेका हुन्। उक्त कोष सिद्धार्थ क्लब पोखरामार्फत सञ्चालन गरी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने बालबालिकालाई शैक्षिक सहयोग उपलब्ध गराउने उद्देश्य राखिएको छ। श्रेष्ठले परिवारको तर्फबाट क्लबलाई रु. २ लाख हस्तान्तरण गर्ने घोषणा गर्दै आगामी वर्षहरूमा कोषको रकम थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। ‘बुबाको स्मृतिलाई सम्झनामा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले यो अक्षय कोष स्थापना गर्न लागेको हुँ,’ उनले भने।
पदस्थापना समारोहमा क्लबको बाल शैक्षिक कार्यक्रमअन्तर्गत विद्यालय पोशाक तथा स्टेशनरी वितरण, आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग तथा २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो। क्लबले आगामी दिनमा बाल शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, वातावरण संरक्षण तथा सामाजिक सेवाका कार्यक्रमलाई थप व्यवस्थित बनाउने जनाएको छ।
अध्यक्ष श्रेष्ठले क्लबका सम्पूर्ण सदस्य, पदाधिकारी, पूर्वअध्यक्ष तथा शुभेच्छुकलाई आपसी सद्भाव, सहकार्य र विश्वासका साथ संस्थालाई अझ प्रभावकारी र समाजका लागि भरोसायोग्य संस्था बनाउन सहयोग गर्न आग्रह गरे।
नयाँ कार्यसमितिमा अध्यक्ष सुनिल श्रेष्ठ, प्रथम उपाध्यक्ष नवराज गोठाजु, द्वितीय उपाध्यक्ष प्रकाशमान श्रेष्ठ, निर्देशक ज्ञानेश्वर राज श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, कोषाध्यक्ष मदन मुल्मी, सहसचिव जमुना अधिकारी तथा सदस्यहरू शशी मर्सानी र वीरेन्द्र बाटाजू रहेका छन्। सिद्धार्थ क्लबको नयाँ नेतृत्वले सामाजिक सेवा, शिक्षा र मानवीय सहयोगलाई केन्द्रमा राख्दै आगामी कार्यकाल अघि बढाउने घोषणा गरेको छ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त