
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
लोमन्थाङको गल्फ कोर्सलाई विश्वकै उच्च स्थानमा रहेको आकर्षक गल्फ कोर्सका रूपमा स्थापित गरी गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता गराउने अभियान पनि सञ्चालन भइरहेको छ।
पोखरा, १६ भदौं । विश्वकै सबैभन्दा उच्च स्थानमा आयोजना हुने चर्चित गल्फ प्रतियोगिता ‘टप अफ द वल्ड गल्फ क्लासिक’ को चौथो संस्करण आगामी भदौ २८ र २९ गते लोमन्थाङमा हुने भएको छ।
समुद्री सतहबाट ४७ हजार मिटर उचाइमा अवस्थित लोमन्थाङको मनमोहक गल्फ कोर्समा आयोजना हुने यो प्रतियोगिताको जानकारी आयोजक मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा बिष्टले आइतबार पत्रकार सम्मेलनमार्फत दिएका छन्।
यस वर्षको प्रतियोगितामा नेपालसहित विभिन्न देशका ५५ देखि ६० जना गल्फरले सहभागिता जनाउने अपेक्षा गरिएको छ। नेपालका उत्कृष्ट चार प्रोफेसनल गल्फरबीच छुट्टै प्रतिस्पर्धा हुनेछ, जसमा प्रथम, द्वितीय र तृतीय हुने विजेताले क्रमशः ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १०हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। एमेच्योर खेलाडीलाई आकर्षक ट्रफी प्रदान गरिनेछ।
यसअघिका संस्करणहरूमा ९ होलमा सीमित रहेको प्रतियोगिता यसपटक १८ होलमा आयोजना हुनेछ। प्रतियोगिताको मुख्य आकर्षण ‘होल इन वान’ का लागि सजावटसहितको घोडा पुरस्कारका रूपमा राखिएको छ, जुन विश्वमै अद्वितीय मानिएको छ। त्यस्तै, विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, क्लोजेस्ट टु द पिन, मस्ट बर्डिज र लङ्गेस्ट ड्राइभतर्फ छुट्टाछुट्टै पुरस्कार प्रदान गरिनेछ।
यस वर्षको प्रतियोगिता ‘टी फर क्लाइमेट’ थीममा आयोजना हुँदैछ, जसको मुख्य उद्देश्य जलवायु संकटप्रति विश्वको ध्यानाकर्षण गराउँदै वातावरणीय सचेतना फैलाउनु रहेको आयोजक बिष्टले बताए। प्रतियोगितालाई थप रोचक बनाउन ख्यातिप्राप्त लोक, आधुनिक र सेलो कलाकारहरूको विशेष प्रस्तुति समेत रहनेछ।
प्रतियोगिता सफल बनाउन सरकारी र गैरसरकारी निकायको सहकार्य रहेको छ। लोमन्थाङ गाउँपालिका र गण्डकी प्रदेश सरकार प्रवद्र्धकका रूपमा छन् भने प्रभु बैंक, सिटी एक्सप्रेस, बाह्रसिंगे बियर, जर्मन बेकरी, सोल्टी पानीलगायतका संस्थाले प्रायोजन गरेका छन्।
आयोजक बिष्टका अनुसार, लोमन्थाङको गल्फ कोर्सलाई विश्वकै उच्च स्थानमा रहेको आकर्षक गल्फ कोर्सका रूपमा स्थापित गरी गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता गराउने अभियान पनि सञ्चालन भइरहेको छ।