
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
लमजुङ, १३ चैत । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–५ समिभञ्ज्याङमा चैते दशैंको अवसरमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न भएको छ ।
विगत २५ वर्षदेखि सक्रिय कायापलट असल शासन क्लबको आयोजनामा भएको उक्त दौडको उद्घाटन मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले रिबन काटेर गरेका थिए । मेयर पाण्डेले मध्यनेपाल ऐतिहासिक र धार्मिक महत्त्व बोकेको ठाउँ भएको बताउँदै यस्ता खेलकुद कार्यक्रमले क्षेत्रको प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने बताए ।
इशानेश्वर महादेव मन्दिर प्राङ्गण (वडा नं. ७ करापुटार)बाट सुरु भएको दौड वडा नं. ६ भोर्लेटार हुँदै समिभञ्ज्याङका विभिन्न बस्तीहरू पार गर्दै तान्द्राङकोट नागभैरव थानमा पुगेर समापन भएको थियो । निर्धारित २१ किलोमिटरको दूरी पार गर्न देशका विभिन्न भागबाट ८० जना धावकहरू सहभागी थिए ।
दौडमा गोरखाका निरज भट्ट क्षत्रीले १ घण्टा ३२ मिनेट ४८ सेकेन्डको समयमा पहिलो स्थान हासिल गर्दै नगद ४० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । रामेछापका श्याम लामा भोटेले १ घण्टा ३४ मिनेट २८ सेकेन्डमा दोस्रो स्थान हासिल गर्दै नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र जिते भने स्याङ्जाका धनु मानन्धरले १ घण्टा ३४ मिनेट ५४ सेकेन्डमा तेस्रो भएर नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी तनहुँका सनम गुरुङ, रामेछापका अमित राई, सोलुखुम्बुका मिलन कुलुङ, भोजपुरका उमेश विष्ट, तनहुँका आदित्य जीसी र नवलपुरका रिखुलाल सिञ्जालीले सान्त्वना पुरस्कारस्वरूप नगद ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
पुरस्कार वितरण तथा समापन समारोह क्लबका अध्यक्ष बाबुराम मल्लको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि वडा नं. ५ का वडाध्यक्ष ओम वीर गुरुङ रहेका थिए । तान्द्राङकोट पैदल मार्ग पर्यटन विकास समितिका अध्यक्ष मेमबहादुर गुरुङले तान्द्राङकोटको ऐतिहासिक तथा धार्मिक महत्त्वबारे प्रकाश पारेका थिए ।
वडाध्यक्ष गुरुङले समुद्री सतहबाट करिब १५ सय मिटर उचाइमा रहेको यो क्षेत्र बिस्तारै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको बताए । कार्यक्रममा रेफ्री विश्वास केसी र सञ्जित काफ्लेलाई सम्मान गरिएको थियो । व्यास नगरपालिका–५ का अध्यक्ष हिमाल श्रेष्ठ, स्थानीय समाजसेवी देवप्रसाद श्रेष्ठलगायतले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव इभन जोशीले गरेका थिए ।