
१ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
५विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
६सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
७ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
८विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
पोखरा, २६ असोज । पोखरा महानगरपालिका-१७, पावरहाउसमा १५ शय्या क्षमताको ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल औपचारिक रूपमा सञ्चालनमा आएको छ। बडादसैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर सञ्चालनमा ल्याइएको यस अस्पतालले स्थानीय नागरिक र विदेशी पर्यटक दुवैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ।
अस्पताल युवाहरूको सक्रिय संलग्नता र दूरदृष्टिमा सञ्चालनमा आएको हो। यस अवसरमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको थियो। ट्राइग्लिसराइड्स, खाली पेटको रक्तचिनी (FBS), खाना खाएपछिको रक्तचिनी (PPBS) र जुनसुकै समयको रक्तचिनी (RBS) परीक्षणसहित चिकित्सक परामर्श निःशुल्क उपलब्ध गराइएको थियो भने प्रयोगशाला परीक्षणमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो। रक्तदान कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै चाडपर्वको अवसरमा स्वास्थ्य सचेतना फैलाउने प्रयास गरिएको छ।
अस्पतालकी अध्यक्ष डा. सिया चेनचेनका अनुसार पोखरा र दुबईबीच नियमित हवाई उडान सुरु भएको परिवेशमा विदेशी पर्यटकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै सेवा विस्तार गरिएको हो। अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, बहुभाषिक कर्मचारी तथा अन्तर्राष्ट्रिय काउन्सिलरको व्यवस्था गरेको छ।
साथै, अन्तर्राष्ट्रिय ट्राभल इन्स्योरेन्सको दाबी प्रक्रियामा सहजीकरण र आवश्यकताअनुसार दूतावासहरूसँग समन्वय गर्ने सुविधा पनि उपलब्ध गराइने जनाइएको छ। सन् २०२२ जुलाईदेखि काठमाडौंमा १५ शय्याको अस्पताल सञ्चालन गर्दै आएको संस्थाले अब पोखरामा समेत सेवा विस्तार गरेको हो। अस्पतालका बोर्ड अफ डाइरेक्टर विदुर खतिवडाका अनुसार नेपाल वैदेशिक चिनियाँ संघले संस्थालाई थप स्वास्थ्य सुरक्षा एकाइका रूपमा प्रमाणित गरेको छ।
पोखरा महानगरपालिका वडा नं. १७ की वडाध्यक्ष राधिका शाही प्रमुख अतिथिका रूपमा सहभागी हुँदै स्थानीय क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुनु सकारात्मक कदम भएको बताईन् । उनले यस्ता संस्थाले स्थानीय बासिन्दा र पर्यटक दुवैलाई सहज, गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिईन् ।
युवा अभियन्ता प्रकाश बास्तोलाले स्वास्थ्य सेवा विस्तारलाई सामाजिक उत्तरदायित्व र पर्यटन विकाससँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरे ।पर्यटकीय सहरमा भरपर्दो आकस्मिक उपचार उपलब्ध हुँदा पर्यटकको सुरक्षा र विश्वास बढ्ने तथा स्थानीय नागरिकले पनि गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने व्यवस्था महत्त्वपूर्ण हुने उनको भनाइ थियो। युवाहरूले स्वास्थ्य सचेतना र स्वैच्छिक रक्तदान अभियानमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए ।
अस्पतालमा बहिरङ्ग (OPD), अन्तरङ्ग (IPD), २४ घण्टा प्रयोगशाला, एक्स–रे, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र फार्मेसी सेवा उपलब्ध छन्। नेपाली नागरिक, विदेशी पर्यटक तथा अन्तर्राष्ट्रिय यात्रुलाई लक्षित गरी सेवा प्रदान गर्ने यस अस्पतालले मेडिकल टुरिजमको सम्भावनालाई समेत ध्यानमा राखेको छ। पदयात्रा तथा भ्रमणका क्रममा स्वास्थ्य समस्या पर्दा सहज उपचारको पहुँच सुनिश्चित गर्नु यसको अर्को महत्त्वपूर्ण पक्ष हो।
युवा नेतृत्वमा सञ्चालित यस अस्पतालले पोखराको पर्यटन र स्वास्थ्य क्षेत्र दुवैमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। गुणस्तरीय, पहुँचयोग्य र पर्यटकमैत्री स्वास्थ्य सेवा विकासमार्फत स्थानीय समुदाय र अन्तर्राष्ट्रिय यात्रु दुवैलाई लाभान्वित गर्ने दिशामा अस्पताल अगाडि बढेको छ।