
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
८किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिनुभयो । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी माग्नुभयो र कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल निस्कनुभयो । दशैँमा छोराछोरीलाई खुवाउने अन्नको जोहो गर्न धनकला हतारमै हुनुहन्थ्यो । ‘‘दशैँ आयो छोराछोरी के पकाउने, के खाने भन्न थालेका छन्, आफ्नो घरमा अन्नपात नि छैन’’, धनकलाले भन्नुभयो, ‘‘पुरानो अन्न सकियो, घरमा भएको धान पनि सकियो, दुई दिन त निकै पिर प¥यो, पछि पल्लो घरकी दिदीले धान दिनुभो । अब दशैँमा भोकै रहनु पर्दैन ।’’
धनकलाका घरमा खाद्यान्न संकट कोरोना महामारीपछि भएको हो । धनकला टीकापुरकै एउटा होटलमा वेटरको काम गर्नुहुन्थ्यो । कोरोना संक्रमण फैलन थालेपछि उहाँ काम गर्ने होटल बन्द भयो । होटल बन्द मात्र होइन धनकलाको रोजीरोटी र तीन छोराछोरी पाल्ने आधार बन्द भयो । सात महिनादेखि रोजगारीविहीन धनकलालाई रु ५० हजारभन्दा बढी ऋण लागिसकेको छ । ‘‘भारतमा रोजगारीका सिलसिलामा रहेका श्रीमान् पनि घर फर्किएका छन् । मेरो कामकाज पनि छैन, गाउँमै ज्यालादारी गरौँ भने पनि पाइँदैन’’, धनकला भन्नुहुन्छ, ‘‘अब के खाने ? के दशैँ आउँथ्यो, अब भोकै मर्ने चिन्ताले सताउन थाल्यो ।’’
टीकापुर –१ कै सन्देश चौधरीको परिवारमा पनि साँझबिहानकै छाक टार्न समस्या भएको छ । सन्देश दैनिक ज्यालादारीमा काम गर्नुहुन्छ । सन्देशका छोराछोरीले पनि दशैँमा मासु खाने र नयाँ लुगा लगाउने अपेक्षा गरेका छन् तर उहाँसँग राम्ररी खाना खुवाउन सक्ने आर्थिक जोहो छैन । ‘‘म घरघरमा दाउरा चिर्ने काम गर्थेँ, कोरोना महामारीपछि अचेल मानिसले बोलाउनै छाडे’’, सन्देश भन्नुहुन्छ, ‘‘आफ्नो जग्गाजमीन छैन, काम पाइँदैन, अनि छोराछोरीको पेट कसरी भर्नू ?’’
धनकला र सन्देशका घरमा मात्र होइन विपन्न बस्तीका धेरै नागरिकका घरमा यस वर्ष दशैँमा चुल्हो बल्न मुश्किल छ । यहाँका धेरै नागरिक होटल, घर सरसफाइ, ज्यालादारीको गर्थे । यी सबै काम बन्द छन् । ‘‘यहाँ दशैँ होइन दशा आएको छ । अलिअलि हुनेले छोराछोरीलाई नयाँ लुगा, सरसामान किनमेल र माछामासु खाएको देख्दा नहुनेको मन कँुडिएको छ’’, स्थानीयवासी रुपकेश सुनार भन्नुहुन्छ, ‘‘धनी र गरीबसँगै बस्नु राम्रो रहेनछ, देखासिकी र तडकभडकले विपन्नलाई पीडा दिन्छ ।’’ रुपकेशले भएकाले नभएकालाई खुवाएर, बाँडीचुँडी गरेर दशैँ मनाउनाको साटो यहाँ देखासिकी गर्ने चलनले चाडपर्वले ऋणको भारी बोकाउने गरेको बताउनुभयो ।
कोरोना संक्रमणका कारण लकडाउन भएपछि अतिविपन्न परिवारलाई यहाँका स्थानीय सरकारले खाद्यान्न वितरण गरेका थिए । एकतानगरकी सुदीक्षा दमाईँ दशैँ, तिहारजस्ता पर्वमा स्थानीय सरकारले राहत कार्यक्रम ल्याउनुपर्ने माग गर्नुहुन्छ । ‘‘सरकार नजीकै छ । हामी भोकै मर्ने अवस्था आइसक्यो’’, उहाँ भन्नुहुन्छ, ‘‘पहिले पहिले मागेर खान्थ्यौँ, आजभोलि अरुका घरमा जान नि डर लाग्छ । यस्तो बेलामा राहत दिए कति खुशी हुने थियौँ ।’’
कैलालीका धेरै नागरिक रोजगारीका सिलसिलामा भारत जान्छन् । परिवार यता बस्ने, पुरुषले कमाएको रकमले धेरैको घर चल्छ । कोरोना महामारीपछि मात्रै भारत तथा विदेशमा रहेका चार हजार नेपाली टीकापुर फर्किएका छन् । ‘‘६ महिनासम्म नकमाएपछि घरमा आर्थिक समस्या नहुने कुरै भएन’’, स्थानीयवासी रुपेश ओली भन्नुहुन्छ, ‘‘भारतबाट फर्केकाहरुले यहाँ काम पाएनन्, अहिले भारत जाने वातावरण पनि छैन, कतिपय परिवार त भोकमरी हुने देखिएपछि यहीबीचमा भारत पसेका छन् ।’’
टीकापुर– १ का वडाध्यक्ष गंगाराम आचार्य कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सबै क्षेत्र तहसनहस भएको बताउनुहुन्छ । ‘‘हामीले लकडाउन भएको करीब एक महिनापछि विपन्न सबैलाई खाद्यान्न दियौँ, हजारौँ परिवारले राहत पाए’’, उहाँ भन्नुहुन्छ, ‘‘चुल्हो नै नबल्ने परिवारका घरमा चुल्हो बाल्नेछौँ, वडा कार्यालयले नगरपालिकासँग पहल गर्नेछ ।’’ उहाँ छिमेकमा नभएका परिवारलाई हेयको दृष्टिले नभई बाँडीचुँडी खान आग्रहसमेत गर्नुहुन्छ । (रासस)
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै