
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीप गरेको छ । भर्खरैं मात्र प्राप्त नजिता अनुसार बाँकी रहेको कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खड्कराज पौडेल ‘गनेस’ले ३९ हजार ८ सय ८३ मत प्राप्त गरी निर्वाचित भएका छन् । यसअघि प्राप्त नजिता अनुसार कास्की क्षेत्र नं. २ मा रास्वपाका उत्तमप्रसाद पौडेल र क्षेत्र नं. ३ मा बिना गुरुङले जीत हासिल गरिसकेका छन् ।
गनेसले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटलाई ठूलो मतान्तरले पराजित गरेका हुन् । निकटतम् प्रतिद्वन्द्वी रानाभाटलाई पौडेलले २८ हजार ६ सय ६९ मतान्तरले हराएका छन् । नेकपा एमालेका उम्मेदवार बैनबहादुर क्षेत्री (अधिकारी)ले १० हजार ४सय २९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले २ हजार ४ सय ७९ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार बैनबहादुर क्षेत्री र नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटको बिचमा गनेस पौडेल ।
कास्की क्षेत्र नं. १ बाट विभिन्न दलका नेताहरुले निम्न मतहरु प्राप्त गरेका छन्:
विलबहादुर तमाङ लामा (श्रम संस्कृति पार्टी)– १,१४१ मत
बाबु राम थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) – ९७८ मत
मनिषा द्धा (उज्यालो नेपाल पार्टी) – ६७० मत
श्रीमान थापा (मंगोल नेशनल अर्गनाइजेसन) – १०९ मत
हर्क बहादुर थापा (आम जनता पार्टी) – ७९ मत
रवि मोहन ढकाल (राष्ट्रिय जनमोर्चा) – ७६ मत
कुमार परियार (नेपाल कम्युनिस्ट पार्टी माओवादी) – ६६ मत
कर्ण बहादुर गुरुङ (प्रगतिशील लोकतान्त्रिक पार्टी) – ५६ मत
यज्ञ बहादुर गुरुङ (नेशनल रिपब्लिक नेपाल) – ३० मत
कृष्ण बहादुर राउत (स्वतन्त्र) – २६ मत
आश बहादुर दमै (नेपाल मानवतावादी पार्टी) – २१ मत
मिन बहादुर दर्जी (नेपाल जनमुक्ति पार्टी) – १९ मत
राम काजी चर्माकार (जनता समाजवादी पार्टी, नेपाल) – ११ मत
यो परिणामले कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो उपस्थिति देखाएको छ । कास्की– १ मा १ लाख १६ हजार ८७८ मतदाता रहेकोमा बिहिबार भएको निर्वाचनमा ७० हजार १५० मत खसेको थियो। खसेको मतमध्ये ६७ हजार ४१० मत सदर भएको थियो भने २ हजार ७४० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।