News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप

कास्की क्षेत्र नं. १ मा रास्वपका गनेस पौडेलले ३९ हजार ८ सय ८३ मत प्राप्त गरी विजयी

पोखरा, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीप गरेको छ । भर्खरैं मात्र प्राप्त नजिता अनुसार बाँकी रहेको कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खड्कराज पौडेल ‘गनेस’ले ३९ हजार ८ सय ८३ मत प्राप्त गरी निर्वाचित भएका छन् । यसअघि प्राप्त नजिता अनुसार कास्की क्षेत्र नं. २ मा रास्वपाका उत्तमप्रसाद पौडेल र क्षेत्र नं. ३ मा बिना गुरुङले जीत हासिल गरिसकेका छन् ।

गनेसले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटलाई ठूलो मतान्तरले पराजित गरेका हुन् । निकटतम् प्रतिद्वन्द्वी रानाभाटलाई पौडेलले २८ हजार ६ सय ६९ मतान्तरले हराएका छन् । नेकपा एमालेका उम्मेदवार बैनबहादुर क्षेत्री (अधिकारी)ले १० हजार ४सय २९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले २ हजार ४ सय ७९ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार बैनबहादुर क्षेत्री र नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटको बिचमा गनेस पौडेल ।

कास्की क्षेत्र नं. १ बाट विभिन्न दलका नेताहरुले निम्न मतहरु प्राप्त गरेका छन्:
विलबहादुर तमाङ लामा (श्रम संस्कृति पार्टी)– १,१४१ मत
बाबु राम थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) – ९७८ मत
मनिषा द्धा (उज्यालो नेपाल पार्टी) – ६७० मत
श्रीमान थापा (मंगोल नेशनल अर्गनाइजेसन) – १०९ मत
हर्क बहादुर थापा (आम जनता पार्टी) – ७९ मत
रवि मोहन ढकाल (राष्ट्रिय जनमोर्चा) – ७६ मत
कुमार परियार (नेपाल कम्युनिस्ट पार्टी माओवादी) – ६६ मत
कर्ण बहादुर गुरुङ (प्रगतिशील लोकतान्त्रिक पार्टी) – ५६ मत
यज्ञ बहादुर गुरुङ (नेशनल रिपब्लिक नेपाल) – ३० मत
कृष्ण बहादुर राउत (स्वतन्त्र) – २६ मत
आश बहादुर दमै (नेपाल मानवतावादी पार्टी) – २१ मत
मिन बहादुर दर्जी (नेपाल जनमुक्ति पार्टी) – १९ मत
राम काजी चर्माकार (जनता समाजवादी पार्टी, नेपाल) – ११ मत

यो परिणामले कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो उपस्थिति देखाएको छ । यो क्षेत्रमा कुल मतदाता संख्या १ लाख १६ हजार ८ सय ७८ रहेका छन् । जसमा पुरुष मतदाता लगभग ५६,०७६, महिला ६०,७९४ र अन्य १ जना रहेका छन् । यो संख्या २०७९ को निर्वाचनको तुलनामा ५.६ प्रतिशत ले वृद्धि भएको छ ।

मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि अन्तिम मतदान प्रतिशत लगभग ६१ प्रतिशत आसपास रहेको छ । यसअनुसार प्रत्यक्षतर्फ खसेको कुल मत ६८,००० देखि ७०,००० बीचमा रहेको छ, जसमध्ये अन्तिम गणना अनुसार करिब ६८,५००+ सम्म पुगेको देखिन्छ । यो प्रतिशत २०७९ को ६१.५८ प्रतिशत सँग मिल्दोजुल्दो छ । सदर मत ६६ हजार ९६५ रहेको छ भने बदर मत ३ हजार ०४७ रहेको छ ।

बदर मतको प्रतिशत लगभग ४.५ प्रतिशत (वा ४.४७ प्रतिशत जस्तै २०७९ मा) रहेको छ । विशेष गरेर बहु छाप र मतदाता शिक्षाको कमी जस्ता कारणले कास्कीमा मत बदर भएको देखिएको छ ।

डनन्यूज ट्रेन्डिङ