
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, १५ चैत । जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिनको हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले बयान बाँकी रहेको आधारमा उनीहरूलाई प्रहरी हिरासतमा राख्न म्याद थप गरेको हो । सरकारी वकिलको कार्यालयले यसअघि १० दिनको हिरासत माग गरेको थियो ।
गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’को क्रममा भएको दमनमा जिम्मेवार रहेको भन्दै गठित जाँचबुझ आयोगले ओली र लेखकविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनका आधारमा वर्तमान सरकारले शनिबार बिहान उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउपछि आज अदालतमा उपस्थित गराइएका लेखक स्वयं उपस्थित भएका थिए भने ओली बिरामी भएका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट भर्चुअल माध्यमबाट जोडिएका थिए ।
म्याद थपपछि लेखकलाई काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखेर अनुसन्धान अघि बढाइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले भने, ‘उहाँलाई २ नम्बर गणमै राखेर अनुसन्धानको काम गरिनेछ ।’ उच्च सुरक्षा र व्यवस्थापनका कारण लेखकलाई परिसरको सामान्य हिरासतमा नराखी गणमा राखिएको प्रहरीले जनाएको छ ।
यसैबीच, ओलीलाई भने स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै राखिने भएको छ । अदालतको आदेशमा पनि उनीको उपचारको प्रबन्ध मिलाउन निर्देशन दिइएको छ ।
जेनजी आन्दोलनका क्रममा भएको दमन र हिंसात्मक घटनामा ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले ओली र लेखकलाई दोषी ठहर गर्दै मुद्दा अघि बढाउन सिफारिस गरेको थियो । उक्त सिफारिसलाई मन्त्रिपरिषद्ले शुक्रबार कार्यान्वयन गर्ने निर्णय गरेसँगै पक्राउ प्रक्रिया अघि बढेको थियो ।