News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

रास्वपा संसदीय दलको नेता बने बालेन्द्र शाह

काठमाडौं, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेता बनेका छन् वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) । यससँगै उनलाई प्रधानमन्त्री नियुक्त हुन बाटो खुलेको छ ।

रास्वपाको संसदीय दल बैठकले बिहीबार सर्वसम्मतिले शाहलाई दलको नेता चयन गरेको हो । बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहको नाम प्रस्ताव गरेका थिए र उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । यसअघि रास्वपाको केन्द्रीय समितिले पनि शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरिसकेको थियो ।

संविधानको धारा ७६ को उपधारा १ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । रास्वपा हालको प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको छ र उसँग सहज बहुमत छ ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले ठूलो सफलता हासिल गरेको थियो । शाह झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पार्टी स्रोतका अनुसार, राष्ट्रपतिले शुक्रबार शाहलाई प्रधानमन्त्री नियुक्त गरी शपथ गराउने तयारी गरिरहेका छन् । बालेन्द्र शाहलाई दलको नेता बनाएसँगै रास्वपाले अब आफ्नो नेतृत्वमा सरकार गठन गर्ने स्पष्ट संकेत दिएको छ ।

बालेनलाई रास्वपाले संसदीय दलको नेता चयन गर्दै प्रधानमन्त्री नियुक्त हुन बाटो खोलिसकेको छ। प्रतिनिधिसभामा बहुमतप्राप्त दलको संसदीय दलको नेताको रूपमा राष्ट्रपति कार्यालयले उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ। शुक्रबार १२ः३४ मा उनको शपथ कार्यक्रम तय भएको छ।