
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, १५ चैत । सरकारले गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ७ मा उक्त व्यवस्था गरिएको छ । समितिलाई घटनासम्बन्धी सबै विवरण संकलन, विश्लेषण र जिम्मेवार पक्ष पहिचान गरी तोकिएको समयभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइने छ । समितिको सिफारिसअनुसार थप कारबाही अघि बढाइने सरकारले जनाएको छ ।
यसअघि भदौ २३ र २४ गतेका घटना छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले आफ्नो प्रतिवेदनमा भदौ २४ गतेको घटनाको छानबिनका लागि अलग्गै संयन्त्र बनाउन सिफारिस गरेको थियो । सोही सिफारिसलाई आधार बनाएर प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले यो निर्णय गरेको हो ।
सरकारले भदौ २३ गतेको दमनमा मात्र अनुसन्धान अघि बढाएको भन्दै आलोचना भइरहेका बेला २४ गतेका हिंसात्मक घटनाको छुट्टै छानबिन गर्न समिति गठन गर्ने योजना सार्वजनिक गरेको छ ।
प्रहरीले भने भदौ २४ गते आन्दोलनको आवरणमा भएका अपराधमा तीव्र अनुसन्धान गरेको छ । प्रहरीका अनुसार १२ चैतसम्म आगजनी, तोडफोड, लुटपाट र प्रहरी हत्यासम्बन्धी घटनामा ९४९ जनालाई पक्राउ गरिसकिएको छ ।
प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले भने, ‘जेन–जी आन्दोलनको आवरणमा भएका अपराधमा ७८७ मुद्दा दर्ता भएका छन् । जसमध्ये ६५८ मुद्दा फछ्र्योट भइसकेका छन् भने १२९ मुद्दा अनुसन्धानमा छन् ।’
पक्राउ परेकामध्ये २०७ जना पुर्पक्षका लागि थुनामा छन् । ४७० जना धरौटीमा, २४३ जना हाजिरी जमानीमा र २१ जना साधारण तारेखमा रिहा भएका छन् । हाल ८ जना अझै हिरासतमा छन् । केही आरोपी फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सर्वोच्च अदालत जलाउने, नेताका घरमा लुटपाट गर्ने, प्रहरीको हतियार लुट्ने जस्ता घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी डकैती, हातहतियार, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवसम्बन्धी मुद्दा दायर गरेको छ । सरकारको यो निर्णयले भदौ २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार पक्ष पहिचान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।