
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
पोखरा, ४ चैत । पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोड क्षेत्रमा रहेका विभिन्न खाजाघरहरूमा अनैतिक तथा अवैध गतिविधि भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले आइतबार साँझ करिब ४ः३० बजे उक्त स्थानको अनुसन्धान गर्दा आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई ’राम्रो तलबमा होटलको काम लगाइदिन्छु’ भन्दै प्रलोभनमा पारी ल्याइएको पाइएको छ । सुरुमा होटलको काम देखाएर राख्ने र केही समयपछि होटलमा आउने पुरुषहरूबाट पैसा लिएर महिलाहरूलाई जबरजस्ती रात बिताउन तथा अनैतिक कार्य गर्न बाध्य बनाउने गरेको खुलेको छ ।
घटनास्थलबाट प्रहरीले ४ जना महिलाहरूलाई उद्धार गरेको छ । साथै उक्त अपराधमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको स्थायी घर भई हाल पोखरा महानगरपालिका–१४ चाउथे बस्ने २४ वर्षीय राधे श्याम शाह र बागलुङको काठेखोला गाउँपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–१ बगर बस्ने २८ वर्षीय खेमु थापा रहेका छन् ।
उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार (ट्राफिकिङ) सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन् । प्रहरीले पीडित महिलाहरूको उद्धारपछि आवश्यक कानुनी तथा मनोसामाजिक सहयोगको व्यवस्था मिलाइरहेको जनाएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम