
१कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
३कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
४आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
५पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
६एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
७बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
८श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१०जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
११पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
१२समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
काठमाडौं, १६ चैत । लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेकी सांसद रेखा शर्मालाई प्रहरीले बालबालिका सम्बन्धी कसुरमा पक्राउ गरेको छ।
आइतबार राति काठमाडौंको बालुवाटारस्थित उनको निजी निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शर्मालाई नियन्त्रणमा लिएको हो। १४ वर्षीया एक बालिकालाई घरेलु कामदारका रूपमा राखेर शारीरिक यातना दिएको आरोपमा उनीविरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
घटना करिब दुई वर्षअघिको हो। दाङको निम्न आर्थिक अवस्था भएको परिवारकी ती बालिकालाई पढाइदिने भन्दै शर्माको घरमा राखिएको थियो। तर, बालिकाले महानगरपालिकाका इन्टर्न विद्यार्थीहरूसँगको कुराकानीमा ६ वर्षदेखि घर जान नपाएको, अत्यधिक घरेलु काम गर्नुपरेको र नमान्दा लाठी, पाइप तथा हातले कुटपिट गर्ने गरेको बताएकी थिइन्। उनले पोछा लगाउने, पानी भर्ने, भाँडा माझ्ने, खाना पकाउने र बगैंचा सफा गर्नेजस्ता काम गर्नुपरेको उल्लेख गरेकी थिइन्।
काठमाडौं महानगरपालिकाले गत वर्ष भदौमा बालबालिकाको अवस्था अध्ययन गर्ने क्रममा यो घटना पत्ता लगाएको थियो। इन्टर्न विद्यार्थीहरूले धुम्बाराहीस्थित सामुदायिक विद्यालयमा पुगेर अभिभावकसँग नबस्ने विद्यार्थीहरूसँग अनलाइन फाराम भराएका थिए। सोही क्रममा कक्षा ७ मा पढ्ने बालिकाको जवाफबाट शर्माको घरमा भएको शोषणबारे जानकारी खुलेको हो।

एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा
महानगरको टोलीले २०८१ जेठ १४ गते बालिकाको उद्धार गरी सामाजिक संस्थामा राखेको थियो। त्यसपछि महानगरले प्रहरीमा जाहेरी दर्ता गरेको थियो। बालिकाका बुबाले छोरी आफूलाई बुझाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सर्वोच्चले बालिकाको इच्छा र अभिभावकको सहमतिलाई आधार बनाई उनलाई संस्थामै राख्न परमादेश दिएको थियो। हाल बालिका महानगरको संरक्षणमा संस्थामा बसेर पढाइ जारी राखेकी छन्।
यो घटनामा सुरुमा तत्कालीन सरकारको दबाबमा मुद्दा अगाडि नबढेको आरोप लागेको थियो। काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेका थिए। शर्माले उच्च अदालतमा धरपकड नगर्न अन्तरिम आदेश मागेकी थिइन्। अदालतले सुरुमा आदेश दिए पनि पछि दाबी नपुग्ने फैसला गर्दै अनुसन्धानको बाटो खोलेको थियो।
प्रहरीका अनुसार नयाँ उजुरी र अदालतको फैसलापछि अनुसन्धान अघि बढेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बालबालिका सम्बन्धी कसुरमा शर्मालाई पक्राउ गरिएको पुष्टि गरेका छन्।
महानगरले गरेको अध्ययनअनुसार परिवारबाहिर रहेका २५५ जना विद्यार्थीमध्ये २९ जनाले गम्भीर हिंसा भोगेको बताएका थिए। तीमध्ये २० जनाको उद्धार भइसकेको छ। यो घटनाले बाल श्रम शोषण र बाल अधिकार संरक्षणका विषयमा पुनः ध्यानाकर्षण गरेको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको छ।
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ