
१मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
३पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
काठमाडौँ, १ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई घुस/रिसवत लिएर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
पटक–पटक घुसकाण्ड, सुनकाण्डदेखि अवैध कारोबारमा संलग्न रहँदैं आएका विवादित पात्र अधिकारीसँगै उनका व्यवसायिक साझेदार द कुटि रिसोर्टका म्यानेजिङ डाइरेक्टर तथा सेयरधनी देवेन्द्र के.सी. र जिल्ला बाँकेका रविन्द्र लामिछानेलाई पनि प्रतिवादी बनाइएको छ । आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गर्दै उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम कारबाही माग गरेको छ ।
आयोगको अनुसन्धान अनुसार, एच.के. इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठ विजयूले आफ्नो कम्पनीमाथि लागेको राजस्व चुहावटको छानबिन रोक्न र बच्नका लागि अधिकारीलाई ७० लाख रुपैयाँ घुस दिएका थिए । अधिकारीले यो रकम उनका व्यवसायिक साझेदारहरु देवेन्द्र के.सी, विकास कुमार चापागाई, रविन्द्र लामिछाने र अन्यसँग मिलेमतोमा विभिन्न बैंकमा जम्मा गरी घुमाएर स्वरूप बदल्ने काम गरे ।

द कुटी रिसोर्टका सञ्चालक देवेन्द्र केसी र राजस्वका पूर्वमहानिर्देशक झलकराम अधिकारी भ्रष्टाचारको रकम बाँडफाँड गर्दै । तस्विर एआईद्वारा निर्माण गरिएको हो । सम्पादक
उक्त रकममध्ये २० लाख रुपैयाँ देवेन्द्र के.सी.को कुटि रिसोर्टको ऋण तिर्न र ५० लाख रुपैयाँ रविन्द्र लामिछानेको नाममा भक्तपुरको थिमीस्थित दिव्यधारी आयोजनाभित्रको १६४.१४ वर्गमिटर जग्गा खरिदमा लगानी गरिएको आयोगले पुष्टि गरेको छ ।
घटनाको सुरुवात २०७९ साल वैशाख २४ गते भएको थियो । श्रीकृष्ण श्रेष्ठले एच.के. इन्टरप्राइजेजको खाताबाट देवेन्द्र के.सी., मिसन लामिछाने र ममता पुरीको नाममा ७ लाख, ६ लाख र ७ लाखका चेक काटेर कुल २० लाख रुपैयाँ दिए । यो रकम तत्कालै देवेन्द्र के.सी.को लुम्बिनी विकास बैंकको खातामा जम्मा भयो र उनले आफ्नो रिसोर्टको ओभरड्राफ्ट तथा फिक्स्ड टर्म लोन तिरे ।
त्यसपछि दोस्रो चरणमा २०७९ असार २७ गते श्रीकृष्ण श्रेष्ठले विकास कुमार चापागाईको नाममा ५० लाखको चेक काटे । चापागाईले सोही दिन लक्ष्मी सनसाईज बैंकमा जम्मा गरे । दुई दिनपछि (असार ३० गते) चापागाईले नयाँन प्रसाद न्यौपानेको नाममा ५० लाखको चेक काटेर रविन्द्र लामिछानेलाई हस्तान्तरण गरे । लामिछानेले उक्त रकम भक्तपुरको थिमी न.पा. वडा नं. २ (साविक वडा १७) स्थित दिव्यधारी आयोजनाको कित्ता नं. ९९८ को जग्गा खरिदमा बुझाए । जग्गाधनी नयाँन प्रसाद न्यौपानेलाई बाँकी रकम बेना (नगद) दिएर सेटल गरे ।

द कुटी रिसोर्टका सञ्चालक देवेन्द्र केसी र राजस्वका पूर्वमहानिर्देशक झलकराम अधिकारी ।
आयोगको अनुसन्धानले यो पूरै प्रक्रियालाई ‘प्लेसमेन्ट’, ‘लेयरिङ’ र ‘इन्टिग्रेसन’को चरणमा राखेर सम्पत्ति शुद्धीकरण भएको देखाएको छ । घुसको स्रोत (इलिसिट अरिजिन) लुकाउन बैंक खाताहरू (ग्लोबल आइएमई, लुम्बिनी विकास, लक्ष्मी सनसाईज बैंक) मार्फत घुमाइएको, जग्गा र ऋण भुक्तानीमा प्रयोग गरिएको र वैध देखाउन खोजिएको तथ्य फेला परेको छ ।
झलकराम अधिकारीलाई भ्रष्टाचार निवारण ऐनको दफा ३(१) बमोजिम ७० लाख घुस लिएको र सार्वजनिक पदको दुरुपयोग गरेको आरोप छ । उनी राष्ट्रसेवक भएकाले थप सजाय मागिएको छ । देवेन्द्र के.सी.लाई २० लाख घुसको मिलेमतोमा रिसोर्टको ऋण तिर्न प्रयोग गरेको र रविन्द्र लामिछानेलाई ५० लाख घुस जग्गा खरिदमा लगानी गरेको आरोप छ । दुवैलाई मुख्य कसुरदार अधिकारीको सहयोगी मानिएको छ ।
आयोगले दुवै आरोपितको नाममा रहेको जग्गा (१६४.१४ वर्गमिटर) र कुटि रिसोर्टको ऋण भुक्तानी बराबरको रकम जफत गर्न माग गरेको छ । साथै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत तीनैजनालाई सजाय र घुसबाट आएको सम्पत्ति जफत गर्नुपर्ने माग गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक पदको दुरुपयोग गरी राजस्व चुहावट छानबिन रोक्न घुस लिएर सम्पत्ति शुद्धीकरण गर्ने कार्य अत्यन्त गम्भीर छ । यसले राजस्व संकलन र सुशासनलाई नै चुनौती दिएको छ ।’
यसरी भएको थियो अवैध कारोबार :

१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन