
१डा. गोविन्द केसी पुन: आन्दोलनमा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
४प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
५न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
६सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
७डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
८सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
९चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
१०नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
११आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
१२‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, १४ चैत । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको सुरक्षा व्यवस्था कडा बनाएको छ।
आयोगको सिफारिसअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई शनिबार प्रहरीले पक्राउ गरेपछि उत्पन्न हुन सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राखेर यो कदम चालिएको हो। कार्कीको निवास रहेको भक्तपुरको गुण्डु क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ।
प्रहरीका अनुसार, आयोगको सिफारिस कार्यान्वयन भएपछि एमालेका नेता तथा कार्यकर्ताहरूले कार्कीविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिइरहेका छन्। त्यसैले थप सुरक्षा चुनौती बढेको देखिन्छ। सरकारले कार्कीलाई अझ सुरक्षित स्थानमा सार्ने तयारी पनि गरेको बताइएको छ।
ओली र लेखकको पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले शनिबार काठमाडौंका माइतीघर, बबरमहल र सिंहदरबार आसपास प्रदर्शन गरेका थिए। यसले गर्दा उक्त क्षेत्रहरू तनावपूर्ण बनेका थिए। आयोगको प्रतिवेदन कार्यान्वयन सुरु भएलगत्तै एमालेले देशका विभिन्न शहरमा विरोध प्रदर्शन गरिरहेको छ।
उपत्यका प्रहरीका एक अधिकृतले कार्कीको घर गुण्डुमै रहेको र ओली पनि सोही क्षेत्रबाट पक्राउ परेको बताएका छन्। एमालेतर्फबाट आउने अभिव्यक्तिका कारण सतर्कता अपनाउनुपरेको उनको भनाइ छ।