
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
४कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
५गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
६टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
७घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
८पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
भनिन्छ, ‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन ।’ तर हाम्रा शीर्ष नेताहरु कहिले चाटाचाट गर्ने त, कहिले थुकाथुक गर्ने गरेर जग हसाई रहेका छन् । के बोल्ने, के नबोल्ने भन्दा पनि जति सकिन्छ उछितो काढ्ने प्रवृत्ति हावी हुँदै गईरहेको छ । शीर्षस्थ नेताहरुले आफ्नो स्थान बिर्सदैं अति तुच्छ प्रकारको गाली गलौंज र आलोचनामा उत्रिएको देख्दा हाम्रा नेताका बोलीको स्तर र राजनीतिक संस्कार उदाङ्गो भएको छ । आर्थिक समृद्धि र विकासका लागि स्थायी सरकार बनाउन मत दिएका आमजनताको भावनाप्रति धोका भएको छ । सत्तासिन नेकपाको आन्तरिक किचलो र कलहले देश भड्खालोमा जाँकिएको छ । समस्याको समाधान तर्फ लाग्नुको साटो अझै सत्तासिन नेकपाका नेताहरु समूह बनाएर शक्ति प्रदर्शनमा उत्रिएका छन् । मानौं, भयंकर क्रान्ति वा उपलब्धि रक्षाको लागि यो घम्साघम्सी वा संघर्ष भईरहेको छ । फगत, सत्ता र कुर्चीको छिनाझम्टीमा चर्किएको विवादले यतिबेला देशको विकास र भविष्य ठप्प भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका यतिबेला केबल प्रधानमन्त्री खड्गप्रसाद ओलीको ईशारामा नाच्ने कठपुतलीको रुपमा देखिएको छ । यता, प्रधानमन्त्री खड्गप्रसाद ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनाल यस्ता झगडियाका रुपमा देखा परेका छन् कि उनीहरुले बोल्ने शैली र आरोप–प्रत्यारोपले जनता दिक्क भईसकेका छन् । उसो त प्रतिपक्ष दलको भूमिका पनि प्रष्ट देखिदैंन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सत्तासिन नेकपाको झगडाले फाईदा त पुगेको छ तर उनको ढुलमुले भूमिकाले पनि जनतालाई निराश तुल्याएको छ । यो देशका प्रधानमन्त्री भईसकेकाहरुको आरोप–प्रत्यारोप सुन्दा यिनीहरुमा न त देशप्रतिको चिन्ता देखिन्छ, न त यिनीहरुको वौद्धिकस्तर नै उच्च देखिन्छ ।
१७ हजारको बलिदान र १० वर्षको जनयुद्धको उपलब्धि पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेतृत्वको ईमान्दारिता र क्रान्तिप्रतिको निष्ठा नै स्खलित हुँदा आजको यो अवस्था आएको हो । सहिद, वेपत्ता र घाईतेहरुमाथि धोका दिने र विर्सने काम प्रचण्ड लगायतका नेताहरुले हिजो सत्तामा पुगेदेखि नै गर्दै आईरहेका थिए । जसका कारण आज उनीहरुको हालत पनि दयनीय बन्दै गईरहेको छ । जसका कारण आमजनतामा देश र जनताको मुक्तिका लागि नभई राजनीति केबल आफ्नो निहित स्वार्थ र सत्ताका प्राप्तिका लागि मात्र गरिन्छ भन्ने छाप पर्न गएको छ । यतिबेला सामाजिक सञ्जाल, टिकटक र सञ्चारमाध्यमहरुमा नियाल्ने हो भने हाम्रा शीर्ष नेताहरुको बोलि र राजनीतिक संस्कारको स्तर प्रष्टै झल्किन्छ । सत्तासिन प्रधानमन्त्री खड्गप्रसाद ओलीले सत्ताको चरम दुरुपयोग गरी हरेक दिन नाङ्गोनाच नाचिरहेका छन् । खुलेआम संविधान÷कानुनमाथि बलात्कार भईरहेको छ । यसबाट देशले निकास कसरी पाउँला अहिले नै केही भन्न सकिने स्थिति छैन । तर पनि यसरी देशलाई अनिर्णयको बन्दी बनाउने छुट कसैलाई पनि छैन । र, कमसेकम राजनीतिक संस्कारको ख्याल गर्दै चुलिदैं गएको समस्याको समाधान खोज्न तिर दलहरु लाग्न भने जरुरी छ । होइन भने अहिलेको परिस्थितिले देशलाई झन् पछाडि धकेल्ने काम मात्र गर्नेछ ।