
१मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
७पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
८गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : ७८१ जनाको शव भेटियो
९स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
भनिन्छ, ‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन ।’ तर हाम्रा शीर्ष नेताहरु कहिले चाटाचाट गर्ने त, कहिले थुकाथुक गर्ने गरेर जग हसाई रहेका छन् । के बोल्ने, के नबोल्ने भन्दा पनि जति सकिन्छ उछितो काढ्ने प्रवृत्ति हावी हुँदै गईरहेको छ । शीर्षस्थ नेताहरुले आफ्नो स्थान बिर्सदैं अति तुच्छ प्रकारको गाली गलौंज र आलोचनामा उत्रिएको देख्दा हाम्रा नेताका बोलीको स्तर र राजनीतिक संस्कार उदाङ्गो भएको छ । आर्थिक समृद्धि र विकासका लागि स्थायी सरकार बनाउन मत दिएका आमजनताको भावनाप्रति धोका भएको छ । सत्तासिन नेकपाको आन्तरिक किचलो र कलहले देश भड्खालोमा जाँकिएको छ । समस्याको समाधान तर्फ लाग्नुको साटो अझै सत्तासिन नेकपाका नेताहरु समूह बनाएर शक्ति प्रदर्शनमा उत्रिएका छन् । मानौं, भयंकर क्रान्ति वा उपलब्धि रक्षाको लागि यो घम्साघम्सी वा संघर्ष भईरहेको छ । फगत, सत्ता र कुर्चीको छिनाझम्टीमा चर्किएको विवादले यतिबेला देशको विकास र भविष्य ठप्प भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका यतिबेला केबल प्रधानमन्त्री खड्गप्रसाद ओलीको ईशारामा नाच्ने कठपुतलीको रुपमा देखिएको छ । यता, प्रधानमन्त्री खड्गप्रसाद ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनाल यस्ता झगडियाका रुपमा देखा परेका छन् कि उनीहरुले बोल्ने शैली र आरोप–प्रत्यारोपले जनता दिक्क भईसकेका छन् । उसो त प्रतिपक्ष दलको भूमिका पनि प्रष्ट देखिदैंन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सत्तासिन नेकपाको झगडाले फाईदा त पुगेको छ तर उनको ढुलमुले भूमिकाले पनि जनतालाई निराश तुल्याएको छ । यो देशका प्रधानमन्त्री भईसकेकाहरुको आरोप–प्रत्यारोप सुन्दा यिनीहरुमा न त देशप्रतिको चिन्ता देखिन्छ, न त यिनीहरुको वौद्धिकस्तर नै उच्च देखिन्छ ।
१७ हजारको बलिदान र १० वर्षको जनयुद्धको उपलब्धि पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेतृत्वको ईमान्दारिता र क्रान्तिप्रतिको निष्ठा नै स्खलित हुँदा आजको यो अवस्था आएको हो । सहिद, वेपत्ता र घाईतेहरुमाथि धोका दिने र विर्सने काम प्रचण्ड लगायतका नेताहरुले हिजो सत्तामा पुगेदेखि नै गर्दै आईरहेका थिए । जसका कारण आज उनीहरुको हालत पनि दयनीय बन्दै गईरहेको छ । जसका कारण आमजनतामा देश र जनताको मुक्तिका लागि नभई राजनीति केबल आफ्नो निहित स्वार्थ र सत्ताका प्राप्तिका लागि मात्र गरिन्छ भन्ने छाप पर्न गएको छ । यतिबेला सामाजिक सञ्जाल, टिकटक र सञ्चारमाध्यमहरुमा नियाल्ने हो भने हाम्रा शीर्ष नेताहरुको बोलि र राजनीतिक संस्कारको स्तर प्रष्टै झल्किन्छ । सत्तासिन प्रधानमन्त्री खड्गप्रसाद ओलीले सत्ताको चरम दुरुपयोग गरी हरेक दिन नाङ्गोनाच नाचिरहेका छन् । खुलेआम संविधान÷कानुनमाथि बलात्कार भईरहेको छ । यसबाट देशले निकास कसरी पाउँला अहिले नै केही भन्न सकिने स्थिति छैन । तर पनि यसरी देशलाई अनिर्णयको बन्दी बनाउने छुट कसैलाई पनि छैन । र, कमसेकम राजनीतिक संस्कारको ख्याल गर्दै चुलिदैं गएको समस्याको समाधान खोज्न तिर दलहरु लाग्न भने जरुरी छ । होइन भने अहिलेको परिस्थितिले देशलाई झन् पछाडि धकेल्ने काम मात्र गर्नेछ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ