
१गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१०लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
काठमाडौं, २० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्दैं आईरहेको भाष्यलाई प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रस्तुत गरेको विषयलाई लिएर यतिबेला एमाले नैं तरंगित बन्न पुगेको छ । एमालेका अध्यक्ष ओलीको भने यस विषयमा कुनै प्रतिक्रिया अहिलेसम्म पनि आएको छैन ।
यहीं भाषा प्रयोग हुँदा अध्यक्ष ओलीको विरोध गर्न नसक्ने एमालेका नेताहरु कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता बनाएको बदला लिन यसैलाई वाहना बनाएका छन् । पटक–पटक अध्यक्ष ओलीले सार्वजनिक रुपमा नैं यस्ता अभिव्यक्तिहरु दिईरहँदा चुईक्क नबोल्ने एमाले नेताहरुले यतिबेला गम्भीर आपत्ति जनाउँदैं केन्द्रीय सचिवालय बैठकको एजेन्डा बनाउने घोषणा गरेका छन् ।
नेता बादलको भनाईलिाई लिएर चर्को विरोध गर्नेहरुमा उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराईलगायतका नेताहरु छन् । जसले सार्वजनिक रूपमै नेता बादलको उक्त भनाईको खण्डन गरेका छन् ।
उपमहासचिव भट्टराईले आपत्ति जनाउँदैं लेखेका छन्, ‘नेपाली सेनालगायतका सुरक्षा अंगहरू, न्यायालयलगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन। त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहनेछ। संसद् वा सडक, सत्तापक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहनेछ।’
विगतदेखिका आलोचित गतिविधिका कारण २१ फागुनको निर्वाचनमा लज्जास्पद नतिजा भोगेको एमालेले जननिर्वाचित संसद्को पहिलो बैठकबाटै सेना र कर्मचारीमाथि गम्भीर लाञ्छना लगाएको छ। पार्टीको कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभामा रास्वपाले झन्डै दुईतिहाइ सिट जित्नुमा नेपाली सेना, ब्युरोक्रेसी (कर्मचारी) लगायतको निर्णायक भूमिका रहेको आक्षेप लगाएका हुन्।
जननिर्वाचित संसद्को रोस्ट्रममै उभिएर सेना र कर्मचारीलाई ‘गिजोल्ने’ गरी दिएको अभिव्यक्तिप्रति एमाले पदाधिकारी तहबाटै विरोध भएको हो । उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेको दलको नेताको हैसियतले माननीय रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छन्। यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु।’
के बोलेका थिए बादलले?
सम्मानीय सभामुख महोदय,
सर्वप्रथम म, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका लागि आफ्नो अमूल्य जीवनको आहुति दिने, भाद्र २३÷२४ लगायत, सम्पूर्ण ज्ञात÷अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
सम्मानीय सभामुख महोदय,
नेपालमा भाद्र २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा ‘रग क्रान्ति’ सफलतापूर्वक सम्पन्न भयो।
फागुन २१ गते आम निर्वाचन मार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो।
चैत्र १३ गते भव्य धार्मिक अनुष्ठान सहित श्री बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथग्रहण गराइयो। यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाहलाई म नेकपा (एमाले) को तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु।
सम्मानीय सभामुख महोदय,
यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णायक भूमिका रह्यो? तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो।
त्यसैले, ती संस्था तथा पात्रहरूलाई म नेकपा (एमाले) को तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु।
सम्मानीय सभामुख महोदय,
यो विजयका लागि बाह्य दृष्टिले ककसले निर्णायक भूमिका निर्वाह गरे?
असंख्य तथ्यहरूले के स्पष्ट गर्दछन् भने, अदृश्य शक्तिहरू (डिप स्टेट) टीओबी, एआई, अल्गोरिदम, गोयबल्सहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, शान्ति र समृद्धिका नायकहरूलाई ‘खलनायक’ र ‘हत्यारा’ को रूपमा स्थापित गरे, जसले सिंहदरबार जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई ‘महानायक’ बनाए ती संस्था तथा पात्रहरूले नै बाह्यरूपमा यो जादुमय विजयमा निर्णायक भूमिका निर्वाह गरे।
त्यसैले, यस ऐतिहासिक क्षणमा म ती सबैलाई पनि नेकपा (एमाले) को तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु।
सम्मानीय सभामुख महोदय,
यो चमत्कारिक विजयले केही असाधारण प्रश्नहरू जन्माएको छः
१. कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवास, प्रहरी चौकी, व्यावसायिक प्रतिष्ठान आदि सुनियोजित ढंगबाट जलाइयो?
२. कुन उद्देश्य प्राप्तिका लागि कसले ती अबोध विद्यार्थीहरूलाई निषेधित क्षेत्र तोड्न उक्सायो?
३. कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टीओबीहरू २३–२४ गते तिलस्मी रूपमा प्रकट भए?
४. कुन उद्देश्य प्राप्तिका लागि गैरकानुनी ढंगबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो?
५. कुन उद्देश्य पूर्ति गर्न राजनीतिक नेतृत्वहरूलाई गिरफ्तार गर्ने प्रपञ्च रचिँदै छ?
६. कुन उद्देश्य पूर्तिका लागि देशव्यापी दमनचक्र र राज्य आतंक मचाइँदै छ?
७. कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेशाकर्मीहरूको सङ्गठित हुने ‘मौलिक अधिकार’ बलात खोसिँदै छ?
८. कुन उद्देश्यका लागि मिडिया ट्रायल, साइबर आतंक सिर्जना गरिँदैछ?
सम्मानीय सभामुख महोदय,
निश्चय पनि भविष्यले यसको सही जवाफ दिँदै जानेछ। तर यी प्रश्नहरू र यस्तै–यस्तै प्रश्नहरू हामी सम्पूर्ण तागत सहित राज्यलाई सोध्ने छौं, निरन्तर यो गरिमामय सदनमा हाम्रो आवाज घन्काउने छौं।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी