
१चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, १६ वैशाख । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आएको प्रतिष्ठित ‘प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मान’ बाट अग्रज पत्रकारद्वय सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराल सम्मानित हुने भएका छन्। महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै वि.सं. २०८१ को सम्मान बस्नेतलाई र वि.सं.२०८२ को सम्मान बराललाई प्रदान गर्ने निर्णय गरेको हो।
स्वर्गीय पालिखेको परिवारद्वारा स्थापित यस पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र रहेको छ। पत्रकारिताको माध्यमबाट समाज, राष्ट्र र लोकतन्त्रको सुदृढीकरणमा पुर्याएको अतुलनीय योगदानको कदरस्वरूप उहाँहरूलाई पुरस्कृत गर्न लागिएको महासंघले जनाएको छ। महासंघका सचिव भूपाल गुरुङका अनुसार आगामी वैशाख २२ गते दयाशंकर पालिखेको स्मृति दिवसको अवसरमा आयोजना हुने विशेष समारोहमा यो सम्मान अर्पण गरिनेछ।
सम्मानित हुने व्यक्तित्व सूर्यचन्द्र बस्नेत विगत तीन दशकदेखि पत्रकारितामा अनवरत सक्रिय छन् । हाल राष्ट्रिय समाचार समिति (रासस)मा वरिष्ठ सम्पादकको रूपमा कार्यरत बस्नेतले यसअघि राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । त्यस्तै, २०५५ सालदेखि पत्रकारितामा सक्रिय कृष्णमणि बराल विशेषगरी फोटो पत्रकारिता र वातावरणीय मुद्दाहरूमा स्थापित नाम हो। बराल हाल बिबिसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकममा आबद्ध छन् ।

पत्रकारद्वय सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराल ।
यसैबीच, पोखराका सक्रिय पत्रकारहरूले महासंघको यो निर्णयको स्वागत गर्दै आगामी दिनमा पुरस्कारको दायरालाई अझ फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन्। हाल पुरस्कृत भएका पात्रहरू पत्रकारितामा असाध्यै समर्पित र योग्य रहेको उल्लेख गर्दै पोखरामा रहेर खोजमूलक पत्रकारिता गरिरहेका अन्य होनहार पत्रकारहरूलाई पनि समेट्नुपर्ने आवाज उठेको छ।
विशेषगरी अनलाइन खबर डटकमका गण्डकी प्रदेश प्रमुख अमृत सुवेदी र सेतोपाटी डटकमका गण्डकी प्रदेश ब्युरो प्रमुख युवराज श्रेष्ठ जस्ता सक्रिय र व्यावसायिक पत्रकारहरूलाई पनि आगामी दिनमा नेपाल पत्रकार महासंघ कास्कीले प्रोत्साहित र सम्मान गर्दै जानुपर्ने माग यहाँका सञ्चारकर्मीहरूले राखेका छन्। पोखराको पत्रकारितामा सक्रिय रहेका सुवेदी र श्रेष्ठले विषयवस्तुको सही उठान गर्ने, समसामयिक, खोजमूलक र स्तरीय समाचार लेख्दैं आईरहेका छन् ।
पुरस्कार छनोट प्रक्रियामा महासंघका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी रवीन्द्रनाथ बास्तोला, नवराज सुवेदी, वर्तमान अध्यक्ष माधवप्रसाद बराल र सचिव भूपाल गुरुङ लगायत सहभागी थिए । यस सम्मानले पोखराको पत्रकारिता क्षेत्रमा नयाँ उर्जा थप्ने विश्वास लिइएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’