
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, १६ वैशाख । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आएको प्रतिष्ठित ‘प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मान’ बाट अग्रज पत्रकारद्वय सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराल सम्मानित हुने भएका छन्। महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै वि.सं. २०८१ को सम्मान बस्नेतलाई र वि.सं.२०८२ को सम्मान बराललाई प्रदान गर्ने निर्णय गरेको हो।
स्वर्गीय पालिखेको परिवारद्वारा स्थापित यस पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र रहेको छ। पत्रकारिताको माध्यमबाट समाज, राष्ट्र र लोकतन्त्रको सुदृढीकरणमा पुर्याएको अतुलनीय योगदानको कदरस्वरूप उहाँहरूलाई पुरस्कृत गर्न लागिएको महासंघले जनाएको छ। महासंघका सचिव भूपाल गुरुङका अनुसार आगामी वैशाख २२ गते दयाशंकर पालिखेको स्मृति दिवसको अवसरमा आयोजना हुने विशेष समारोहमा यो सम्मान अर्पण गरिनेछ।
सम्मानित हुने व्यक्तित्व सूर्यचन्द्र बस्नेत विगत तीन दशकदेखि पत्रकारितामा अनवरत सक्रिय छन् । हाल राष्ट्रिय समाचार समिति (रासस)मा वरिष्ठ सम्पादकको रूपमा कार्यरत बस्नेतले यसअघि राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । त्यस्तै, २०५५ सालदेखि पत्रकारितामा सक्रिय कृष्णमणि बराल विशेषगरी फोटो पत्रकारिता र वातावरणीय मुद्दाहरूमा स्थापित नाम हो। बराल हाल बिबिसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकममा आबद्ध छन् ।

पत्रकारद्वय सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराल ।
यसैबीच, पोखराका सक्रिय पत्रकारहरूले महासंघको यो निर्णयको स्वागत गर्दै आगामी दिनमा पुरस्कारको दायरालाई अझ फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन्। हाल पुरस्कृत भएका पात्रहरू पत्रकारितामा असाध्यै समर्पित र योग्य रहेको उल्लेख गर्दै पोखरामा रहेर खोजमूलक पत्रकारिता गरिरहेका अन्य होनहार पत्रकारहरूलाई पनि समेट्नुपर्ने आवाज उठेको छ।
विशेषगरी अनलाइन खबर डटकमका गण्डकी प्रदेश प्रमुख अमृत सुवेदी र सेतोपाटी डटकमका गण्डकी प्रदेश ब्युरो प्रमुख युवराज श्रेष्ठ जस्ता सक्रिय र व्यावसायिक पत्रकारहरूलाई पनि आगामी दिनमा नेपाल पत्रकार महासंघ कास्कीले प्रोत्साहित र सम्मान गर्दै जानुपर्ने माग यहाँका सञ्चारकर्मीहरूले राखेका छन्। पोखराको पत्रकारितामा सक्रिय रहेका सुवेदी र श्रेष्ठले विषयवस्तुको सही उठान गर्ने, समसामयिक, खोजमूलक र स्तरीय समाचार लेख्दैं आईरहेका छन् ।
पुरस्कार छनोट प्रक्रियामा महासंघका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी रवीन्द्रनाथ बास्तोला, नवराज सुवेदी, वर्तमान अध्यक्ष माधवप्रसाद बराल र सचिव भूपाल गुरुङ लगायत सहभागी थिए । यस सम्मानले पोखराको पत्रकारिता क्षेत्रमा नयाँ उर्जा थप्ने विश्वास लिइएको छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा