News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला/साहित्य

धोतीको राजनीति

कार्टुन साभार विभिन्न पत्रपत्रिकाहरुबाट

राणा हटाउन
राजा र काँग्रेसलाई धोती लगाई दिए

राजा हटाउन
काँग्रस र एमालेलाई धोती लगाई दिए

काँग्रेस र एमालेलाई हटाउन
माओवादीलाई धोती लगाई दिए

कम्युनिस्ट हटाउन
राजावादीलाई धोती लगाई दिंदैछन्

प्रत्येकलाई धोती लगाई दिँदा
र, प्रत्येकको धोती फुस्काई दिँदा
सर्वाङ्ग नङ्ग्याइ दिए

कोठीमा राखिएकी वेश्यालाई
जति सुकै महङ्गो अत्तर छर्के पनि
जति सुकै जुहारतले पुरे पनि
जति सुकै राजशी ठाँटमा राखे पनि
उसको काम त केबल
धोतीभित्रको बास्ना मेट्ने नै हो
उसको संसार कोठी नै हो
उसले पाउने त केबल………

डनन्यूज ट्रेन्डिङ