
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, २४ साउन । साउन महिना सुरु भएदेखि देशभर एलपी ग्यासको आपूर्ति असहज बनेको छ । काठमाडौं उपत्यकाबाट सुरु भएको यो समस्या अहिले पोखरालगायत विभिन्न जिल्लामा फैलिएको छ । आयल निगमले चार महिनासम्म आधा तौलको सिलिन्डर बिक्री गरेर गत ३१ असारदेखि फेरि पूर्ण तौलको सिलिन्डर बिक्री सुरु गरेपछि बजारमा ग्यास पाउन झनै गाह्रो भएको हो ।
निगमका अनुसार दैनिक डेढ लाख सिलिन्डर भर्न पुग्ने ग्यास आयात भइरहे पनि माग दुई लाख हाराहारी पुगेको छ । पोखरामा पनि उपभोक्ताहरू रित्तो सिलिन्डर बोकेर घण्टौं लाइनमा बस्न बाध्य छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबारदेखि किराना पसलबाटै ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको जनाए पनि नजिकका पसलहरूमा अझै ग्यास छैन ।
तर ग्यास बिक्रेताहरूले पोखरामा सोमबारसम्म आपूर्ति सहज हुने दाबी गरेका छन् । आइतबार पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने भएका छन् । शक्ति ग्यास कम्पनीले दुई हजार पाँच सय र गृहलक्ष्मी ग्यास कम्पनीले तीन हजारभन्दा बढी सिलिन्डर बजारमा लैजाने तयारी गरेको छ । पोखरा बाहिरका बाबा, जानकी र नेपाल ग्यास कम्पनीले पनि एक–एक हजारभन्दा बढी सिलिन्डर भित्र्याउने भएका छन् ।
जिल्ला अनुगमन समिति कास्कीले शनिबार पोखराका विभिन्न ग्यास कम्पनी र डिपोमा अनुगमन गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सोमबारसम्म पोखरामा ग्यास सहज हुने बताउँदै अब नपाएर छट्पटाउनुपर्ने अवस्था नरहेको दाबी गरे । गृहलक्ष्मी ग्यासमा चारवटा बुलेट भारतबाट हिँडिसकेको र आइतबार बेलुका आइपुग्ने कम्पनीले जनाएको छ ।
पोखरामा साउन पहिलो सातादेखि ग्यास अभाव सुरु भएको थियो । प्रशासनले कालोबजारी रोक्न र आपूर्ति सहज बनाउन अनुगमनलाई तीव्र बनाएको छ । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले मागअनुसार आयात बढाउनुपर्ने र वितरण प्रणाली सुधार गर्नुपर्ने बताएका छन् ।
आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले सबै संयन्त्र परिचालन गरी साउन महिनाभित्रै आपूर्ति सहज बनाउने काम भइरहेको दाबी गरेका छन् । देशभरका ग्यास उद्योगमा निगमका प्रतिनिधि खटाइएका छन् भने भारतीय आयल कर्पोरेसनलाई पनि आयात बढाउन आग्रह गरिएको छ ।उद्योगमन्त्री गौरीकुमारी यादवले शनिबार काठमाडौंका केही ग्यास डिपो निरीक्षण गर्दै महिला र विद्यार्थीलाई लाइनमा नबसी ग्यास पाउने वातावरण सिर्जना गर्न निर्देशन दिएकी छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन