
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कोरोनाले मानिस मर्दैन । तर दीर्घरोगीहरुले समयमा नै उपचार नपाएर कोरोनाका नाममा भने मर्न बाध्य भईरहेका छन् । स्याङ्जा पुतली बजारकी धनमाया गुरुङ जसले सामान्य दमको सही समयमा उपचार नपाउँदा मृत्युवरण गर्न प¥र्यो । यो एउटा उदाहरण मात्र हो । यस्ता धेरै घटनाहरु छन् यहाँ । पोखरामा केही भएमा सहज उपचार पाईन्छ भनेर बसेकी धनमायाले अन्त्यमा उपचार नपाएकै कारण मृत्युवरण गर्न प¥र्यो । पोखराका सबै अस्पतालमा पुगेर पनि भर्ना नलिदाँ र मध्यरातमा लाखौं रुपैयाँ जम्मा गर्न बाध्य पार्दै गर्दा ट्याक्सी भित्र नै धनमायाले प्राण त्याग गरिसकेको थिईन् । आज यसरी धेरै नागरिकहरुले समयमा नै उपचार नपाएर प्राण त्याग्नु पर्ने स्थिति आईरहेको छ । यस विषयमा राज्य सचेत हुन र जनताले खबरदारी गर्न आवश्यक छ ।
जब कोरोना संक्रमणले मानिस मर्दैन भने अन्य दीर्घरोगीहरुको उपचार र सुरक्षाका लागि राज्य जिम्मेवार बन्नु पर्छ कि पर्दैन ? लाग्न सक्छ, मर्नेहरु आफ्ना होइनन् यो पिडा उसका आफन्तको मात्र हो भन्ने । तर यस्तो सोचाई र व्यवहारले भोलिका दिनमा पालो तपाईको नै नआउँला भन्न सकिदैंन । कोरोनाको आतंक हिजोको भन्दा आज धेरै कम छ । तर पनि स्वास्थ्य संस्थाहरुमा यसप्रति गरिने व्यवहार कमाउने धन्दा बनिरहेको छ । सरकारी अस्पतालहरुमा बनाईएका आईसोलेसन वार्डहरुमा न त पर्याप्त जनशक्ति छ, न त आवश्यक उपकरण र प्रविधि नैं । कोरोना संक्रमितका नाममा आउने विरामीलाई लगेर नमरुञ्जेल थन्क्याउने ठाउँ बनेका छन् यस्ता आईसोलेसन वार्डहरु । भन्दा अति तितो लाग्न सक्छ । तर त्यहाँ भित्रको वेथिती जसले भोगेर आएको छ उनीहरुको पिडा सुन्दा नरक भन्दा फरक लाग्दैन आईसोलेसन वार्डहरु । सरकारी अस्पतालको यो वेथितिसँगै निजी अस्पतालहरुको लुट्ने धन्दाले नागरिकहरु झनै मर्कामा परिरहेका छन् । पैसा हुनेले पनि उपचार गर्न धौं धौं छ निजी अस्पतालहरुमा । यहाँ सामान्य नागरिकहरुको त के कुरा, गेटबाट नै फर्किन बाहेक अरु विकल्प नै देखिदैंन । चर्को शुल्क तोकेर ठगिधन्दा खुलेआम चलाई रहेका छन् निजी अस्पतालहरुले । पोखरा कैं एक जनप्रतिनिधिको उपचार खर्च ११ लाख रुपैयाँ लिईएको विषयबाट पनि संकटका बेलामा भाग्ने निजी अस्पतालहरुको ब्रम्हलुट र ठगी गर्ने धन्दाको उजागर भएको छ ।
गण्डकी प्रदेशको सन्दर्भमा भन्नुपर्दा यहाँ बजेट सिध्याउने र प्रचारप्रसार गर्ने बाहेक देखाउन र हेर्न लायक काम केही भएका छैनन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जति मिडियावाजी गरे पनि उनको मातहतमा सञ्चालनमा ल्याईएको संक्रामक तथा सरुवा रोग अस्पताल (लेखनाथ सामुदायिक लायन्स अस्पताल)ले नै वास्तविकता झल्काई रहेको छ । न त्यहाँ आवश्यक दक्ष जनशक्ति छन् । न त आवश्यक उपकरण र प्रविधिहरु नै छन् । केबल बेड लगेर कोठामा राखिदिदैंमा मुख्यमन्त्री गुरुङले गर्ने मिडियावाजीले मात्र जनता सुरक्षित हुन सक्दैनन् । अझ टिठलाग्दो अवस्था त तब देखियो जब मुख्यमन्त्रीको जिम्मामा रहेको त्यस अस्पतालका बेड–बेडमा अक्सिजनको पाईप पु¥याउन पोखरा महानगरपालिका पुग्न प¥र्यो । अक्सिजनको पाईपको समेत व्यवस्था नभएको लेखनाथको अस्पताललाई देखाएर भयँकर काम गरियो भनेर मिडियावाजीमा रमाएका मुख्यमन्त्रीको वास्तविकता यो भन्दा अझै विजोग र टिठलाग्दो छ । त्यसैले कोरोना संक्रमणका नाममा गफ होइन, काम गरेर देखाउनु पर्ने बेला हो यो । सम्बन्धित निकायले अन्य गम्भिर प्रकृतिका विरामीको समयमा उपचार नपाएर मर्नु पर्ने स्थितिलाई तत्कालै रोक्न ठोस कदम चाल्नु पर्ने आवश्यकता देखिएको छ । कोरोना संक्रमितहरुलाई राख्न बनाईएका आईसोलेसन वार्डहरु नरक बन्न पुगेका छन् । यसतर्फ पनि पर्याप्त जनशक्ति, निगरानी र उचित व्यवस्था मिलाउन आवश्यक देखिन्छ ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !