
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
कोरोनाले मानिस मर्दैन । तर दीर्घरोगीहरुले समयमा नै उपचार नपाएर कोरोनाका नाममा भने मर्न बाध्य भईरहेका छन् । स्याङ्जा पुतली बजारकी धनमाया गुरुङ जसले सामान्य दमको सही समयमा उपचार नपाउँदा मृत्युवरण गर्न प¥र्यो । यो एउटा उदाहरण मात्र हो । यस्ता धेरै घटनाहरु छन् यहाँ । पोखरामा केही भएमा सहज उपचार पाईन्छ भनेर बसेकी धनमायाले अन्त्यमा उपचार नपाएकै कारण मृत्युवरण गर्न प¥र्यो । पोखराका सबै अस्पतालमा पुगेर पनि भर्ना नलिदाँ र मध्यरातमा लाखौं रुपैयाँ जम्मा गर्न बाध्य पार्दै गर्दा ट्याक्सी भित्र नै धनमायाले प्राण त्याग गरिसकेको थिईन् । आज यसरी धेरै नागरिकहरुले समयमा नै उपचार नपाएर प्राण त्याग्नु पर्ने स्थिति आईरहेको छ । यस विषयमा राज्य सचेत हुन र जनताले खबरदारी गर्न आवश्यक छ ।
जब कोरोना संक्रमणले मानिस मर्दैन भने अन्य दीर्घरोगीहरुको उपचार र सुरक्षाका लागि राज्य जिम्मेवार बन्नु पर्छ कि पर्दैन ? लाग्न सक्छ, मर्नेहरु आफ्ना होइनन् यो पिडा उसका आफन्तको मात्र हो भन्ने । तर यस्तो सोचाई र व्यवहारले भोलिका दिनमा पालो तपाईको नै नआउँला भन्न सकिदैंन । कोरोनाको आतंक हिजोको भन्दा आज धेरै कम छ । तर पनि स्वास्थ्य संस्थाहरुमा यसप्रति गरिने व्यवहार कमाउने धन्दा बनिरहेको छ । सरकारी अस्पतालहरुमा बनाईएका आईसोलेसन वार्डहरुमा न त पर्याप्त जनशक्ति छ, न त आवश्यक उपकरण र प्रविधि नैं । कोरोना संक्रमितका नाममा आउने विरामीलाई लगेर नमरुञ्जेल थन्क्याउने ठाउँ बनेका छन् यस्ता आईसोलेसन वार्डहरु । भन्दा अति तितो लाग्न सक्छ । तर त्यहाँ भित्रको वेथिती जसले भोगेर आएको छ उनीहरुको पिडा सुन्दा नरक भन्दा फरक लाग्दैन आईसोलेसन वार्डहरु । सरकारी अस्पतालको यो वेथितिसँगै निजी अस्पतालहरुको लुट्ने धन्दाले नागरिकहरु झनै मर्कामा परिरहेका छन् । पैसा हुनेले पनि उपचार गर्न धौं धौं छ निजी अस्पतालहरुमा । यहाँ सामान्य नागरिकहरुको त के कुरा, गेटबाट नै फर्किन बाहेक अरु विकल्प नै देखिदैंन । चर्को शुल्क तोकेर ठगिधन्दा खुलेआम चलाई रहेका छन् निजी अस्पतालहरुले । पोखरा कैं एक जनप्रतिनिधिको उपचार खर्च ११ लाख रुपैयाँ लिईएको विषयबाट पनि संकटका बेलामा भाग्ने निजी अस्पतालहरुको ब्रम्हलुट र ठगी गर्ने धन्दाको उजागर भएको छ ।
गण्डकी प्रदेशको सन्दर्भमा भन्नुपर्दा यहाँ बजेट सिध्याउने र प्रचारप्रसार गर्ने बाहेक देखाउन र हेर्न लायक काम केही भएका छैनन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जति मिडियावाजी गरे पनि उनको मातहतमा सञ्चालनमा ल्याईएको संक्रामक तथा सरुवा रोग अस्पताल (लेखनाथ सामुदायिक लायन्स अस्पताल)ले नै वास्तविकता झल्काई रहेको छ । न त्यहाँ आवश्यक दक्ष जनशक्ति छन् । न त आवश्यक उपकरण र प्रविधिहरु नै छन् । केबल बेड लगेर कोठामा राखिदिदैंमा मुख्यमन्त्री गुरुङले गर्ने मिडियावाजीले मात्र जनता सुरक्षित हुन सक्दैनन् । अझ टिठलाग्दो अवस्था त तब देखियो जब मुख्यमन्त्रीको जिम्मामा रहेको त्यस अस्पतालका बेड–बेडमा अक्सिजनको पाईप पु¥याउन पोखरा महानगरपालिका पुग्न प¥र्यो । अक्सिजनको पाईपको समेत व्यवस्था नभएको लेखनाथको अस्पताललाई देखाएर भयँकर काम गरियो भनेर मिडियावाजीमा रमाएका मुख्यमन्त्रीको वास्तविकता यो भन्दा अझै विजोग र टिठलाग्दो छ । त्यसैले कोरोना संक्रमणका नाममा गफ होइन, काम गरेर देखाउनु पर्ने बेला हो यो । सम्बन्धित निकायले अन्य गम्भिर प्रकृतिका विरामीको समयमा उपचार नपाएर मर्नु पर्ने स्थितिलाई तत्कालै रोक्न ठोस कदम चाल्नु पर्ने आवश्यकता देखिएको छ । कोरोना संक्रमितहरुलाई राख्न बनाईएका आईसोलेसन वार्डहरु नरक बन्न पुगेका छन् । यसतर्फ पनि पर्याप्त जनशक्ति, निगरानी र उचित व्यवस्था मिलाउन आवश्यक देखिन्छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता