
१मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
२प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
३निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
४चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
५निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
६‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
७जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
८नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
११स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१२जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१०प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
११आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
१२विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
पोखरा, १० कात्तिक । मनाङ र कास्कीका उच्च हिमाली क्षेत्रमा लेक लागेर चार जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार मनाङमा तीन र कास्कीमा एक जनाको मृत्यु भएको हो।
मनाङको नार्पाभूमि गाउँपालिकामा ४४ वर्षीय राम थापामगरको लेक लागेर मृत्यु भएको छ। फु गाउँबाट फर्कने क्रममा बिरामी भएका उनको होटलमा बास बस्दा ज्यान गएको हो। त्यस्तै, नार्पाभूमि–४ मा पर्यटकको भारी बोकेर फर्कने क्रममा डिलबहादुर गुरुङको मृत्यु भएको छ। लेक लागेपछि उनलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको थियो। सोही क्षेत्रको याकखर्कमा पर्यटकको भारी बोक्दै फर्कने क्रममा साम्बा घलेको पनि लेक लागेर मृत्यु भएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा ट्रेकिङका लागि गएका सुरजमान श्रेष्ठको पनि लेक लागेर भ्यु प्वाइन्ट होटलमा मृत्यु भएको छ। यता, कञ्चनजंघा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर बिरामी भएका एक स्पेनी नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले पर्वतारोहण र पदयात्रामा सावधानी अपनाउन आग्रह गर्दै मौसम पूर्वानुमान र प्राधिकरणको पूर्वसूचनालाई ध्यान दिई स्थानीय तह, सुरक्षा समिति र पर्यटन व्यवसायीले नागरिकको जीवन रक्षामा सहयोग पु¥याउन अनुरोध गरेकी छन्।
आमादब्लम हिमालमा दुई विदेशीको मृत्यु
खुम्बु क्षेत्रको आमादब्लम हिमाल आरोहणमा गएका दुई विदेशीको मृत्यु भएको छ। पर्यटन विभागका अनुसार फ्रान्सेली नागरिक हुगो लुसियो लाजारो र कोरियाली नागरिक होङखाई पार्कको मृत्यु भएको हो। हिमालबाट फर्कने क्रममा बिरामी भएका हुगोलाई ७ कात्तिकमा हेलिकप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको थियो, जहाँ उनको मृत्यु भयो। होङखाईको भने क्याम्प १ र क्याम्प २ बीचमा मृत्यु भएको छ। फ्रान्सेली नागरिक हिमालयन भिजन ट्रेक्स र कोरियाली नागरिक ८के एक्सपिडिसनमार्फत आरोहणमा गएका थिए। शवलाई सम्बन्धित देश पठाउन समन्वय भइरहेको विभागले जनाएको छ।
मौसम प्रतिकूल हुने चेतावनी
जल तथा मौसम विज्ञान विभागले १० र ११ कात्तिकमा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। बंगालको खाडी र अरब सागरमा विकसित न्यूनचापीय प्रणालीका कारण मंगलबारदेखि शुक्रबारसम्म मौसम प्रतिकूल रहने प्रक्षेपण छ। पर्यटन सिजनमा हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहण गर्ने पर्यटकलाई अद्यावधिक मौसम पूर्वानुमान हेर्न, लेक लागेमा तल्लो भूभागतर्फ फर्कन र एक्लै यात्रा नगर्न प्राधिकरणले सचेत गराएको छ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी