
१पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
२घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
५गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
६घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
७आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
८रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
९आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
१०पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
११सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
१२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
५चुनावी मैदानमा विप्लव
६रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
१०नेपाली काँग्रेसको सभापतिमा गगन थापा
११युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
१२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
पोखरा, १० कात्तिक । मनाङ र कास्कीका उच्च हिमाली क्षेत्रमा लेक लागेर चार जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार मनाङमा तीन र कास्कीमा एक जनाको मृत्यु भएको हो।
मनाङको नार्पाभूमि गाउँपालिकामा ४४ वर्षीय राम थापामगरको लेक लागेर मृत्यु भएको छ। फु गाउँबाट फर्कने क्रममा बिरामी भएका उनको होटलमा बास बस्दा ज्यान गएको हो। त्यस्तै, नार्पाभूमि–४ मा पर्यटकको भारी बोकेर फर्कने क्रममा डिलबहादुर गुरुङको मृत्यु भएको छ। लेक लागेपछि उनलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको थियो। सोही क्षेत्रको याकखर्कमा पर्यटकको भारी बोक्दै फर्कने क्रममा साम्बा घलेको पनि लेक लागेर मृत्यु भएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा ट्रेकिङका लागि गएका सुरजमान श्रेष्ठको पनि लेक लागेर भ्यु प्वाइन्ट होटलमा मृत्यु भएको छ। यता, कञ्चनजंघा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर बिरामी भएका एक स्पेनी नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले पर्वतारोहण र पदयात्रामा सावधानी अपनाउन आग्रह गर्दै मौसम पूर्वानुमान र प्राधिकरणको पूर्वसूचनालाई ध्यान दिई स्थानीय तह, सुरक्षा समिति र पर्यटन व्यवसायीले नागरिकको जीवन रक्षामा सहयोग पु¥याउन अनुरोध गरेकी छन्।
आमादब्लम हिमालमा दुई विदेशीको मृत्यु
खुम्बु क्षेत्रको आमादब्लम हिमाल आरोहणमा गएका दुई विदेशीको मृत्यु भएको छ। पर्यटन विभागका अनुसार फ्रान्सेली नागरिक हुगो लुसियो लाजारो र कोरियाली नागरिक होङखाई पार्कको मृत्यु भएको हो। हिमालबाट फर्कने क्रममा बिरामी भएका हुगोलाई ७ कात्तिकमा हेलिकप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको थियो, जहाँ उनको मृत्यु भयो। होङखाईको भने क्याम्प १ र क्याम्प २ बीचमा मृत्यु भएको छ। फ्रान्सेली नागरिक हिमालयन भिजन ट्रेक्स र कोरियाली नागरिक ८के एक्सपिडिसनमार्फत आरोहणमा गएका थिए। शवलाई सम्बन्धित देश पठाउन समन्वय भइरहेको विभागले जनाएको छ।
मौसम प्रतिकूल हुने चेतावनी
जल तथा मौसम विज्ञान विभागले १० र ११ कात्तिकमा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। बंगालको खाडी र अरब सागरमा विकसित न्यूनचापीय प्रणालीका कारण मंगलबारदेखि शुक्रबारसम्म मौसम प्रतिकूल रहने प्रक्षेपण छ। पर्यटन सिजनमा हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहण गर्ने पर्यटकलाई अद्यावधिक मौसम पूर्वानुमान हेर्न, लेक लागेमा तल्लो भूभागतर्फ फर्कन र एक्लै यात्रा नगर्न प्राधिकरणले सचेत गराएको छ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
५चुनावी मैदानमा विप्लव