
१समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
३‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
४लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
५बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
६आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
७अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
८राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
९राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१०फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
११सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
१२अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
सुन्दरकुमार थकाली, मुस्ताङ, २१ फागुनः हिमाली जिल्ला मुस्ताङमा स्याउलगायतका रैथाने बालीको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । स्याउलगायतका रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले स्याउ लगायतका रैथाने अन्नबालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले प्रक्षेपण गरेको हो ।
लगातार जिल्लामा दुई वर्षसम्म अनुकूल मौसममा समेत हिउँ नपरेकाले चिन्तित रहेका कृषकहरु केही दिनअघिको वर्षा र हिमपातले खुसी भएका छन् । जलवायु परिवर्तनको परिरहेका जिल्लाका कृषक दुई दिनअघि परेको आंशिक वर्षासँगै हिउँ परेकाले स्याउलगायत यहाँको रैथाने बाली उवा, फापर, जौ र आलु बालीमा प्रसस्त चिस्यान पुगेकाले यहाँ कृषक हर्षित भएको कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार मुस्ताङको स्याउलगायतका रैथाने अन्नबालीको बगैँचा व्यवस्थापन, रोगकीरा नियन्त्रण र अनुकूल समयमा वर्षासँगै हिमपात भएकाले गत वर्षजस्तै यस वर्ष पनि स्याउ तथा अन्य रैथाने बालीको गुणस्तर र उत्पादन राम्रो हुने अनुमान गरिएको छ । जिल्लामा दुइ दिनअघि परेको वर्षासँगैको हिउँले कृषकको खेतीयोग्य जमिनलाई चाहिने चिस्यान पूर्ती भएकाले यस वर्ष स्याउलगायतका अन्नबालीको उत्पादन वृद्धि हुने केन्द्र प्रमुख गुरुङले दाबी गर्नुभयो ।
कृषि ज्ञान केन्द्र मुस्ताङले जिल्लाको विभिन्न स्थानमा पुगेर गरेको स्याउलगायतका रैथाने बालीहरुको स्थलगत सर्वेक्षणमा कृषकहरुले स्याउलगायतका अन्नबालीको बगैँचा व्यवस्थापन राम्रो गरेको निष्कर्ष निकालेको छ । केन्द्रले जिल्लाका कृषक, कृषक समूह, कृषि सहकारी, कृषि फार्म, स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, शीतोष्ण बागवानी विकास केन्द्र, कृषि ज्ञान केन्द्र एक्याप एवं सबै सरोकारवाला संस्थाको संयुक्त समन्वय र सहकार्यमा मुस्ताङका कृषकको बगैँचा व्यवस्थापन तथा रोगकीरा नियन्त्रण कार्यमा सबै बालीको अनुगमन गर्दा राम्रो पाइएकाले गुणस्तर र उत्पादनदर यस वर्ष साविकभन्दा वृद्धि हुने अनुमान गरिएको छ ।
जिल्लामा गत वर्ष स्याउको उत्पादन राम्रो भएको भए पनि जलवायु परिवर्तनका कारण स्याउको परागसेचन हुने बेलामा हुस्सु र वर्षाले गर्दा स्याउको फूल फुल्ने समयमा प्रतिकूल असर पुगेको थियो । यसका कारण त्यस वर्ष जिल्लामा स्याउको उत्पादन तथा गुणस्तरमा ह्रास आएको थियो । जिल्लाको आर्थिक समृद्धिको मेरुदण्ड स्याउखेती भएकाले यहाँका किसानले स्याउखेतीलाई मुख्य प्राथमिकतामा राखेका छन् । यसका साथै, रैथाने बाली उवा, फापर, जौ र लोकल आलु जिल्लाका कृषि उत्पादनमा पहिचान बनेको छ ।
जिल्लामा पुस र माघ, महिनामा स्याउको बगैँचा व्यवस्थापन गरिन्छ । स्याउखेतीका लागि अनाधिकृत हाँगाबिँगाको काँटछाँट, गोडमेल, मलजल, औैषधिको प्रयोग र खेतीयोग्य जमिनका सिँचाइको व्यवस्था गर्ने गरिन्छ । स्याउका अलावा असोज र कात्तिक महिनामा उवा, फापर, जौ र आलुलगायतका बाली लगाएर त्यसको सम्पूर्ण खेती बगैँचाको व्यवस्थापन गर्ने गर्दछन् । उपल्लो मुस्ताङमा भने कृषकले फागुनदेखि उवा, जौ, गहुँ र फापरलगायतका अन्नबाली लगाउने गर्दछन् ।
पछिल्लो समय जिल्लाका कृषकलाई स्थानीय जातका स्याउखेतीसँगै नयाँ बगैँचामा उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउखेती गर्दैआइरहेका छन् । दोस्रो वर्षमै थोरै क्षेत्रफलमा धेरै उत्पादन दिन सक्ने भएकाले मुस्ताङका कृषक हाइब्रिड स्याउखेतीतर्फ आकर्षित हुन थालेका हुन् ।
मुस्ताङको पाँचवटै स्थानीय तहमा स्याउखेती गरिएको छ । राष्ट्रिय गौरवको सडक सञ्जालले यातायात सहज हुन थालेपछि जिल्लाका कृषकले उत्पादन गरेको स्याउलगायतका अन्नबालीको बजारीकरणमा निकै सहज भएको छ । जिल्लामा गग वर्ष सात हजार तीन सय ३० मेट्रिक टन स्याउ उत्पादन हुँदा रु ८३ करोडको स्याउ जिल्ला बाहिर निकासी भएको थियो ।
जिल्लाका पाँच स्थानीय तहमा गरी १४ सय हेक्टरमा स्याउखेती गरिएकोमा पाँच सय ८५ हेक्टरमा स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको स्याउखेतीले कृषकहरुमा लाभान्वित भएका छैनन्, यहाँका पर्यटन व्यवसायमा समेत टेवा पुगेको छ । भदौदेखि असोज महिनामा यहाँका स्याउ बगैँचामा लटरम्म स्याउ फल्ने भएकाले मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक समेत स्याउ बगँैचा चाहार्ने, फोटो खिच्ने र बगैँचामै यहाँको स्याउ चाख्ने गर्छन् ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म